News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन आयोगले विवाद भएपछि बागमती र मधेश प्रदेशका विभिन्न पालिकाको अधिवेशन स्थगित गर्न निर्देशन दिएको छ ।
- आयोगका प्रमुख भुवन केसीले विवाद समाधान भएपछि मात्र पुनः अधिवेशनको प्रक्रिया शुरू हुने बताए ।
- आयोगले अर्को आधिकारिक निर्णय नभएसम्मका लागि विवादित वडा, पालिका तथा जिल्ला अधिवेशनका सम्पूर्ण प्रक्रिया रोकेको छ ।
१९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन आयोगले बागमती र मधेशका विभिन्न पालिकाको अधिवेशन स्थगित गर्न निर्देशन दिएको छ । बागमतीमासिन्धुपाल्चोक र मधेशमा सप्तरी, सिराहा, महोत्तरी र धनुषाका विभिन्न पालिकाको अधिवेशन रोक्न निर्देशन जारी गरिएको हो ।
बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र विवाद भएका अन्य स्थानको अधिवेशन रोक्न भनिएको छ ।
मधेशमा सप्तरी र सिरहा जिल्ला अन्तर्गतका सम्पूर्ण विवादित स्थानीय तह तथा वडाको अधिवेशन स्थगित गरिको छ ।
महोत्तरीमा जलेश्वर, एकडारा, मतिहानी, मनरा शिस्वा, पिपरा लगायतका पालिका र विवादित स्थानमा अधिवेशन रोक्न भनिएको छ ।
धनुषामा जनकपुर उपमहानगरपालिका सहित जनकनन्दिनी, गणेशमान चारनाथको अधिवेशन रोक्न निर्देशन दिइएको छ । सर्लाहीमा हरिपूर्वा नगरपालिकाको अधिवेशन प्रक्रिया स्थगित गर्न भनिएको छ ।
निर्वाचन आयोगको प्रमुख भुवन केसीले ती स्थानहरूमा विवाद हुनुको साथै उजुरीहरू पनि परेको हुँदा तत्कालका लागि रोकिएको जानकारी गराए ।
विवाद समाधान गरी पुन: अधिवेशनको प्रक्रिया सुरु हुने उनले जानकारी गराए ।
१७ जेठसम्म प्रक्रिया सुरु गरेका बाहेक अन्य विवादित स्थानको सबै प्रक्रिया रोक्न निर्देशन दिइएको छ ।
केन्द्रीय निर्वाचन आयोगबाट अर्को आधिकारिक निर्देशन वा निर्णय नआएसम्मका वडा, पालिका तथा जिल्ला अधिवेशनका आगामी सम्पूर्ण निर्वाचन प्रक्रियाहरू स्थगन गर्न भनिएको छ ।
प्रतिक्रिया 4