+
+
Shares

धवल शमशेरलाई राप्रपामा फिर्ता आउन अध्यक्ष लिङ्देनको आग्रह

राप्रपाका महामन्त्री राणाले जेठ १७ गते पार्टी छोडेको बताउँदै नयाँ अभियान घोषणा गरिएको बताएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते २०:४७

१९ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा छाडेर नयाँ पार्टी घोषणा गर्ने तयारीमा रहेका धवल शमशेर राणालाई निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।

धवल शमशेरको नेतृत्वमा बसेको राप्रपाका असन्तुष्ट नेताहरूको भेलाले मलमास सकिएपछि नयाँ दल गठन गर्ने निर्णय गरे लगत्तै लिङ्देनले पार्टीमा फर्किन आह्वान गरेका हुन् ।

‘म महामन्त्री धवल शमशेर राणालाई पार्टीका पूर्वअध्यक्षहरूको आह्वान, नेता, कार्यकर्ता र आमशुभेक्छुकहरूको भावनाको सम्मान गर्दै आफ्नो निर्णय फिर्ता लिन र महाधिवेशनको प्रक्रियामा सामेल हुन आव्हान गर्दछु,’ लिङ्देनद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

राप्रपाका महामन्त्री राणाले जेठ १७ गते पार्टी छोडेको बताउँदै नयाँ अभियान घोषणा गरिएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?