News Summary
Generated by OK AI. Editorially reviewed.- मेटलाइफ नेपालले कर्मयोग फाउन्डेसनको सहकार्यमा कास्कीका सामुदायिक विद्यालयहरूमा खेलकुद तथा शिक्षा प्रवर्द्धन गर्ने नयाँ पहल शुरू गरेको छ ।
- यस पहलअन्तर्गत कास्कीका पाँच विद्यालयमा करिब १६० वटा फुटबल र अन्य आवश्यक खेलकुद प्रशिक्षण सामग्री वितरण गरिने भएको छ ।
- खेलकुदमार्फत बालबालिकामा टोली भावना, अनुशासन र आपसी सम्मान विकास गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
२१ जेठ, काठमाडौं । मेटलाइफ नेपालले कास्की जिल्लाका सामुदायिक विद्यालयहरूमा खेलकुद तथा शिक्षालाई प्रवद्र्धन गर्ने नयाँ पहल सुरु गरेको छ ।
शिक्षा र खेलकुदमार्फत नयाँ पुस्तालाई सशक्त बनाउने उद्देश्यसहित सुरु यस पहलअन्तर्गत कास्कीका पाँच विद्यालयमा फुटबल सामग्री वितरण गरिएको मेटलाइफले जनाएको छ ।
यस कार्यक्रममार्फत शहरी तथा ग्रामीण क्षेत्रका बालबालिकालाई सहयोग पुर्याइनेछ । कार्यक्रम कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन भइरहेको छ, जसले पहुँचबाट वञ्चित युवायुवतीहरूलाई खेलकुद र शिक्षाको अवसर विस्तार गर्न काम गर्दै आएको छ ।
यस पहलमार्फत करिब १६० वटा फुटबलका साथै प्रशिक्षणका लागि आवश्यक सामग्री कोन, गोलपोस्ट नेट, एयर पम्प तथा अन्य आधारभूत सामग्रीहरू उपलब्ध गराइने कम्पनीले जनाएको छ । ‘छनोट भएका विद्यार्थीलाई जर्सी पनि प्रदान गरिनेछ, जसले विद्यालयहरूमा व्यवस्थित खेल गतिविधिलाई प्रोत्साहन गर्नुका साथै सामुदायिक शिक्षामा नियमित खेलकुद संस्कृतिलाई पुनर्जीवित गर्न मद्दत गर्नेछ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।
यो कार्यक्रम शिक्षा क्षेत्रमा केन्द्रित मेटलाइफ नेपालको व्यापक संस्थागत सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत सञ्चालन गरिएको महाप्रबन्धक निर्मल काजी श्रेष्ठले जानकारी दिए ।
विद्यालय केन्द्रित यस पहलमार्फत मेटलाइफ र कर्मयोग फाउन्डेसनले बालबालिकालाई कक्षाकोठाको शिक्षासँगै खेलकुदबाट सिकिने टोली भावना, निष्पक्षता, धैर्यता र आपसी सम्मानजस्ता मूल्यहरू विकास गर्न सक्ने वातावरण निर्माण गर्ने लक्ष्य राखेका छन् ।
प्रतिक्रिया 4