News Summary
Generated by OK AI. Editorially reviewed.- फिफाले सन् २०२६ को विश्वकपका लागि ४८ देशका १ हजार २४८ खेलाडी समेटिएको आधिकारिक सूची सार्वजनिक गरेको छ ।
- अर्जेन्टिनाका लियोनेल मेसी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गुइलेर्मो ओचोआ छैटौं पटक विश्वकप टोलीमा समावेश भएका छन् ।
- यस विश्वकपमा इंग्ल्यान्डका क्लबहरूबाट सबैभन्दा धेरै २०० खेलाडी र म्यानचेस्टर सिटीबाट सर्वाधिक १९ खेलाडीले प्रतिनिधित्व गर्दैछन् ।
२१ जेठ, काठमाडौं । यही जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने फिफा विश्वकप २०२६ को लागि सबै राष्ट्रको अन्तिम टोली सार्वजनिक भइसकेको छ ।
फिफाले जुन २ मा सहभागी ४८ वटे टोलीको आधिकारिक सूची सार्वजनिक गरेको हो । हरेक टोलीमा २६-२६ खेलाडी छन् र यस विश्वकपमा १ हजार २४८ खेलाडी सहभागी हुँदेछन् ।
विश्वकपमा सहभागी संख्या ३२ बाट बढेर ४८ पुग्दा खेलाडीको संख्या पनि बढेको छ ।
पिफाले अन्तिम टोलीको सूची सार्वजनिक गरेपछि विश्वकप खेल्ने टोलीको विशेषताहरू यस्तो छ ।
२०० : इंग्ल्यान्डको क्लबमा खेल्दै आएका २०० खेलाडी विश्वकप खेल्ने विभिन्न टिममा समावेश भएका छन् । यसबाहेक जर्मनीको क्लबबाट १०९, फ्रान्सबाट ८६, स्पेनबाट ८६, इटलीबाट ७१, साउदी अरेबियाबाट ४९, टर्किएबाट ४५, अमेरिकाबाट ४२, नेदरल्यान्ड्सबाट ४६, ब्राजिलबाट ३६ र पवर्चुगलको क्लबबाट ३६ खेलाडी समावेश छन् ।
४३ : स्कटल्यान्डका गोलकिपर क्रेग गोर्डन विश्वकप खेल्ने टोलीमा समावेश भएका मध्ये सबेभन्दा बुढा खेलाडी हुन् । उनले यस पटक विश्वकपमा मेदान उत्रिए विश्वकप खेल्ने सबैभन्दा बुढा आउटफिल्ड प्लेअर बन्नेछन् । इजिप्टका गोलकिर एसाम अल हाडारीले ४५ वर्षको उमेर सन् २०१८ मा रुसमा भएको विश्वकप खेलेका थिए । ४१ वर्षीय रोनाल्डो पनि विश्वकप खेल्ने चौथो बुढो खेलाडी बन्ने लाइनमा छन् ।
२५ : कतार र साउदी अरेबियाको टिममा घरेलु लिग खेल्ने सबैभन्दा धेरै खेलाडी छन् । दुवै टिममा घरेलु लिग खेल्ने २५-२५ खेलाडी छन् । कतारका लेफ्ट ब्याक हुमन अहमद स्पेन र साउदी अरेबियाको साउद अब्दुल्हामिद फ्रान्सको लिग खेल्छन् । केप भर्डे, डीबर कंगो, आइभरीकोस्ट, कुराकाओ, सेनेगल र उरुग्वेको टिममा भने सबै खेलाडी विदेशी लिग खेल्ने खेलाडी छन् ।
२२ : यसअघि फिफा विश्वकप जितिसकेका २२ खेलाडी सन् २०२६ को विश्वकप खेल्ने टिममा पनि छन् । जसमा सन् २०२२ मा कतार विश्वकप जितेको अर्जेन्टिना टिमबाट १७ खेलाडी छन् । यस्तै सन् २०१४ मा ब्राजिलमा विश्वकप जितेका जर्मनीका गोलकिपर मानुएल नोएर, सन् २०१८ मा रुसमा भएको विश्वकप जितेका फ्रान्सका उसमान डेम्बेले, लुकास हर्नान्डेज, एन’गोलो कान्टे र केलिएन एमबाप्पे छन् ।
अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले कतार २०२२ विश्वकप जित्ने टोलीका १७ खेलाडीलाई आफ्नो टोलीमा कायम राखेका छन् । जसमा थियागो आल्माडा, जुलियन अल्भारेज, रोड्रिगो डे पाउल, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर, एमिलियानो मार्टिनेज, लाउटारो मार्टिनेज, लिसान्द्रो मार्टिनेज, लियोनेल मेसी, नाहुएल मोलिना, गोन्जालो मोन्टिएल, निकोलस ओटामेन्डी, एक्सेक्विएल पालासियोस, लिएन्ड्रो परेडेस, क्रिस्टियन रोमेरो, गेरोनिमो रुल्ली र निकोलस टाग्लियाफिको छन् ।
१९ : फिफा विश्वकप २०२६ मा समावेश भएका खेलाडी मध्ये म्यानचेस्टर सिटीबाट सबैभन्दा धेरै १९ खेलाडी समावेश भएका छन् । यस क्लबबाट खेल्ने खेलाडीहरु अल्जेरिया, बेल्जियम, क्रोएसिया, इजिप्ट, इंग्लयान्ड, फ्रान्स, घाना, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, स्पेन र उज्वेकिस्तानको टोलीमा समावेश छन् ।
यस्तै जर्मन क्लब बायर्न म्युनिकबाट खेल्ने १८ खेलाडी विश्वकपको टोलीमा समावेश छन् भने आर्सनलबाट १६, पीएसजीबाट १६, बार्सिलोनाबाट १५, अल हिलालबाट १२, एट्लेटिको मड्रिडबाट १२, क्रिस्टल प्यालेसबाट १२, म्यानचेष्टर युनाइटेडबाट १२, बोरुसिया डर्टमन्डबाट ११, गालातासारेबाट ११ र लिभरपुलबाट ११ खेलाडी छन् ।
१७ : मेक्सिकोका १७ वर्षीय गिब्लर्टो मोरा यस विश्वकमा समावेश भएका मध्ये सबैभन्दा कान्छा खेलाडी हुन् । उनको टिममेट समेत रहेका गोलकिपर गुइलेर्मो ओचाओले विश्वपमा स्थान बनाउँदा मवरा जन्मेका पनि थिएनन् । यदी मोराले २०२६ मा विश्वकप खेलेमा उनी कोनकाकाफ क्षेत्रबाट विश्वकप खेल्ने सबैभन्दा कान्छो खेलाडी हुनेछन् । यदी मोराले दक्षिण अफ्रिका विरुद्ध उद्घाटन खेल खेलेमा उनी विश्वकप खेल्ने छैटौं कान्छो खेलाडी बन्नेछन् ।
१३ : अर्जेन्टिनाका लिओनल मेसीले २०२६ को विश्वकप खेल्ने मध्ये विश्वकपमा धेरै गोल गर्ने खेलाडी हुन् । उनले अहिलेसम्म १३ गोल गरेका छन् र सर्वाधिक गोलकर्ता बन्ने अभियानमा छन् । विश्वकपमा जर्मनीका मिरवस्लाभ क्लोजले सर्वाधिक १६ गोल गरेका छन् ।
मेसीसँगै २०२६ को विश्वप खेल्ने तयारीमा रहेका मध्ये केलिएन एमबाप्पेले १२, ह्यारी केन, नेमार र क्रिस्टियानो रोनाल्डोले समान ८ गोल गरेका छन् ।
६ : लियोनल मेस्सी, गुइलेर्मो ओचोआ र क्रिस्टियानो रोनाल्डोले छैटौं पटक विश्वकप खेल्ने टोलीमा समावेश भएका छन् । मेस्सी र रोनाल्डोले यसअघि पाँचैपटक विश्वकप खेलेपनि ओचाओले तीन संस्करणमा मात्र खेल्ने अवसर पाए ।
२.०५ : अस्ट्रियलन गोलकिपर फ्लोरिन विगेल यस विश्वकपका खेलाडीहरु मध्ये सबैभन्दा अग्ला छन् । उनको उचाई २.०५ मिटर छ । सन् २०२२ मा नेदरल्यान्ड्सका गोलकिपर आन्द्रेस नोपर्ट २.०३ मिटर अग्ला थिए । सन् २०२६ विश्वकपमा समावेश भएका इंग्ल्यान्डका डिफेण्नर डान बर्न र कोलम्बियन गोलकिपर अल्भारो मोन्टेरो दुवै २.०१ मिटर अग्ला छन् ।
१.६० : पानामाका प्लेमेर सेजार यानिस फिफा पिश्वकप २०२६ को सबैभन्दाहोचा खेलाडी हुन् । उनको उचाई १:६० मिटर छ । उनी पछि कुराकाओका अट्याकर जेरेमी एन्टोनिस १.६४ मिटर उचाई छ ।
प्रतिक्रिया 4