+
+
Shares

राप्रपामा बिताएका चार वर्ष पीडादायी भयो : धवलशमशेर जबरा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १८:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा. धवलशमशेर जबराको नेतृत्वमा १८३ जना नेताहरूले पार्टीबाट सामूहिक राजीनामाको घोषणा गरेका छन् ।
  • बिहीबार काठमाडौंमा आयोजित भेलामा पूर्वमहामन्त्री जबराले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका कारण आफूहरू राजीनामा दिन बाध्य भएको आरोप लगाए ।
  • उनले राप्रपालाई मक्किएको र चर्किएको घरको संज्ञा दिँदै पुरानो संरचनाबाट अपेक्षित परिवर्तन असम्भव भएकाले नयाँ यात्रा शुरू गरेको बताए ।

२१ जेठ, काठमाडौं । पार्टी परित्याग गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर जबराले आफ्नो राजनीतिक जीवनमा बितेका चार वर्ष निकै पीडादायी भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आफूपक्षीय नेता कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै जबराले पार्टीलाई सही दिशा र एजेण्डा प्राप्तिको मार्गमा लैजान आफूले भरपुर प्रयास गरेको भएपनि पार्टी नेतृत्व नै बाधक भएर उभिएको आरोप पनि लगाए ।

‘यो चार वर्ष मेरो राजनीतिक जीवनको सबैभन्दा दु:खी भयो । मैले राप्रपालाई सही र एजेण्डा प्राप्तिकबो बाटोमा लग्न खाजेको थिएन कि ? आन्दोलनको नेतृत्व गरेको थिएन कि ? पार्टीलाई सुधारेर राष्ट्रकै पहिलो पार्टी बनाउन खोजेको थिइन कि, तर ती सबै मेरा प्रयासहरूलाई अगाडि बढ्न दिएनन्,’ उनले भने ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले नै आफूहरूलाई पार्टी छोड्न बाध्य बनाएको आरोप पनि उनले लगाएका छन् ।

पार्टीभित्र आफूहरूले बोकेको विचार, मूल्य र एजेण्डालाई अगाडि बढाउन नसकिएकै कारण नयाँ राजनीतिक यात्रा शुरु गर्नुपर्ने निष्कर्षमा पुगेको बताए ।

डा. जबराले राप्रपाको वर्तमान अवस्थालाई ‘मक्किएको र चर्किएको घर’सँग तुलना गर्दै पुरानो संरचनाबाट अपेक्षित परिवर्तन सम्भव नभएको निष्कर्ष आफूहरूले निकालेको उनको भनाइ छ ।

‘पाँच वर्ष पहिले राजेन्द्र लिङ्देनलाई अंगालो मारेर अध्यक्ष बनाएका थियौँ । तर दु:खका साथ आज हामीले घर नै छोड्नुपर्ने अवस्था आयो । त्यो सुखको दिन होइन दु:खको दिन हो आज,’ उनले भने, ‘तर आफ्नो राजनीतिक यात्रामा जब केही हासिल गर्न आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लाग्दैन भन्ने ठानिसकेपछि हिम्मत गर्नुपर्छ र अर्को घर बनाउनुपर्छ । मक्किसकेको, चर्किसकेको त्यो गाडी होस् वा घर होस् हिम्मत गरेर अर्को बनाउने जमर्को गर्नुपर्छ । त्यही जमर्कोमा आज हामीहरू लागेका छौँ ।

महामन्त्री डा. राणाको नेतृत्वमा एक सय ८३ जना नेताहरूले राप्रपाबाट सामूहिक राजीनामा घोषणा गरेका छन् ।

राणापक्षीय नेताहरूले बिहीबार काठमाडौंमा एउटा भेला गरी यस्तो घोषण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?