+
+
Shares

राप्रपा पदाधिकारीसहित १८३ ले छोडे पार्टी, लिङ्देनले राजसंस्था पुनर्स्थापनाको आन्दोलन तुहाएको आरोप

मूल नेतृत्व (अध्यक्ष राजेन्द्र लिङ्देन) को हिनभाव, कमजोरी एवं आत्मकेन्द्रीत शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूले आरोप लगाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपाका केन्द्रीय पदाधिकारीसहित १८३ जना नेता तथा कार्यकर्ताले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन् ।
  • पार्टी परित्याग गर्नेहरूमा महामन्त्री डा. धवलशमशेर राणा पक्षधर नेता मुकुन्दश्याम गिरी, दिलनाथ गिरी र केशवराज श्रेष्ठ लगायत रहेका छन् ।
  • नेतृत्वले पार्टीको सिद्धान्त विपरीत पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रमको साझेदार बनेको आरोप उनीहरूले लगाएका छन् ।

२१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय पदाधिकारी सहित १८३ जनाले पार्टी परित्याग गरेका छन् ।

महामन्त्री डा.धवलशमशेर राणा पक्षधर नेता कार्यकर्ताले राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । शीर्ष तहमा रहेका अन्य नेताहरू मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायण प्रसाद कोइराला लगायतले राप्रपा परित्याग गरेका छन् ।

राप्रपा परित्याग गर्नेहरूमा पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य लगायत छन् ।

बिहीबार पार्टी परित्याग गर्नेहरू पहिलो चरणको भएको असन्तुष्ट पक्षले जानकारी गराएको छ ।  मूल नेतृत्व (अध्यक्ष राजेन्द्र लिङ्देन) को हिनभाव, कमजोरी एवं आत्मकेन्द्रीत शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूले आरोप लगाएका छन् ।

जनताकेन्द्रित राजनीति राप्रपाको प्राथमिकता हुने भनिएपनि त्यस अनुसार पार्टी सञ्चालन नभएको हुँदा पार्टी परित्याग गर्नुपरेको उनीहरूको भनाइ छ । केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई पार्टीको मूल नेतृत्व ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने प्रचण्ड सरकारको न्यूनतम साझा कार्यक्रमको साझेदार बनेकोप्रति आपत्ति जनाइएको छ ।

विचलन, विरोधाभाष एवं भनाइ र गराइ बीचको अनमेलले जनताबाट दण्डित भएको विज्ञप्तिमा लेखिएको छ ।

स्वेच्छाचारिताको नियमन गरेर जवाफदेहीता स्थापित गर्ने प्रयासहरू हुँदा नेता कार्यकर्ता माथि निरंकुश शैलीमा कारवाही गरिरएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।

पार्टी पत्यिाग गरेको विज्ञप्तिमा भनिएको छ, ‘राजसंस्था पूनर्स्थापनाका आन्दोलनहरू पटकपटक तुहाउन मूल अगुवा नै अग्रसर भए जबकि संसदमा संवैधानिक राजसंस्थाको पक्षमा एउटै पनि प्रस्ताव दर्ता गरिएन ।’

जुन मान्यता र उद्देश्य लिएर राप्रपाको स्थापना भएको थियो, ती सब नामेट पार्ने मनोवृत्ति भएको हुँदा पार्टी परित्याग गर्नुपरेको विज्ञप्तिमा लेखिएको छ ।

पार्टी परित्याग गर्नेको सूची:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?