+
+
Shares

वायुसेवा निगमका सञ्चालक समिति सदस्य छनोट प्रक्रिया अघि नबढाउन सर्वोच्चको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १३:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य छनोट प्रक्रिया अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
  • न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले पर्यटन मन्त्रालय र निगमको छनोट समितिलाई कामकाज रोक्न आदेश दिएको हो ।
  • प्रतिस्पर्धाको सूचीमा परेर पनि अन्यायपूर्वक छनोट नगरिएको दाबी गर्दै उपेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

२२ जेठ, काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्यहरू छनोट प्रक्रिया अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले पर्यटन मन्त्रालय, नेपाल वायुसेवा निगमले गठन गरेको छनौट समितिलाई कामकाज अघि नबढाउन भनी अन्तरिम आदेश दिएको हो ।

प्रतिस्पर्धाबाट छानिएर आफू सूचीमा परेपनि अन्यायपूर्वक छनौट नभएको भन्दै उपेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

त्यही निवेदनमाथिको सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

सरकारले आवेदन मागगरी प्रतिस्पर्धाबाट नेपाल वायुसेवा निगमका सदस्यहरू र अध्यक्ष चयन गर्ने तयारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?