+
+
Shares

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १३:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि सर्वसाधारण र संघसंस्थासँग सुझाव माग गरेको छ ।
  • इच्छुक पक्षले आगामी असार ५ गतेभित्र इमेलमार्फत सुझाव दिन सक्ने र साउन १५ भित्र नीति सार्वजनिक गरिनेछ ।
  • बैंक तथा वित्तीय संस्थामा बढ्दो निक्षेप र न्यून कर्जा प्रवाहका कारण अधिक तरलता व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

२२ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकले सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को व्यवस्था बमोजिम सुझाव माग भएको हो ।

इच्छुक आम सर्वसाधारण तथा संघसंस्थाले असार ५ गतेभित्र इमेलमार्फत सुझाव दिन सक्नेछन् । इमेल ठेगाना monetarypolicy@nrb.org.np बाट मौद्रिक नीतिका लागि सुझाव दिन सकिनेछ । साउन १५ गतेभित्र राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्नेछ ।

यसअघि चालु आर्थिक वर्षको मौद्रिक नीति भने गत असार २७ गते नै सार्वजनिक गरिएको थियो । पछिल्लो समय न्यून कर्जा प्रवाह, बढ्दो निक्षेपका कारण अधिक तरलता व्यवस्थापन बैंकिङ क्षेत्रमा चुनौतीपूर्ण बनिरहेको छ ।

त्यस्तै बढ्दो महँगी र घट्दो ब्याजदर व्यवस्थापन अर्को चुनौती बनेको छ । बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत मुद्दती निक्षेपमा दिने औसत ब्याजभन्दा मूल्यवृद्धि बढी हुन थालेको छ ।

जेठ महिनामा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदरको औसत दर ४.४०२५ प्रतिशत छ भने चैतको उपभोक्ता मुद्रास्फिति दर ४.४७ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?