२३ जेठ, काठमाडौं । कक्रोच जनता पार्टी(सीजेपी)ले भारतीय शिक्षामन्त्री धमेन्द्र प्रधानको पद खाली एक हप्ताको अल्टिमेटम दिएको छ ।
शनिबार नयाँ दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गरेको सीजेपीले शिक्षामन्त्री प्रधानले राजीनामा दिन वा प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानलाई पदबाट वर्खास्त गर्न सात दिनको समय दिएको हो ।
सीजेपी प्रवक्ता सौरभ दास र आशुतोष रांकाले शनिबार प्रदर्शनपछि सहभागीलाई धन्यवाद दिँदै यस्तो अल्टिमेटम सार्वजनिक रूपमा दिएका हुन् ।
‘तपाईँ सबैले देख्नुभयो आज जन्तर मन्तरमा हज्जारौं मानिस जुटे र शान्तिपूर्ण प्रदर्शन गरे । यसमा सबै कक्रोचलाई दिलैदेखि धन्यवाद,’ सीजेपीको अफिसियल इन्स्टाग्राममार्फत प्रवक्ता सौरभ दासले भनेका छन् ।
आशुतोष रांकाले जन्तरमन्तरमा हज्जारौं मानिस जम्मा भएर प्रदर्शन गर्दा पनि सरकारबाट धमेन्द्र प्रधानको राजीनामाको कुनै खबर नआएको बताएका छन् । ‘र, प्रधानमन्त्रीले पनि अहिलेसम्म धमेन्द्र प्रधानलाई वर्खास्त गरेका छैनन्,’ उनले भनेका छन्, ‘जसलाई लागिरहेको छ, आज एक प्रदर्शन मात्रै थियो । हामी भन्न चाहन्छौं– यो मात्र एक ट्रेलर थियो ।’
उनले सरकारसँग सात दिनको समय रहेको पनि बताएका छन् । ‘हामी सरकारलाई सात दिनको समय दिइरहेका छौं । धमेन्द्र प्रधानमा यदि देशको लोकतन्त्रप्रति थोरै पनि जवाफदेहिता छ भने उनी सात दिनभित्र राजीनामा दिऊन्, या प्रधानमनत्री मोदी उनलाई बर्खास्त गरुन् ।’
नत्र फेरि प्रदर्शन गर्ने उनले बताएका छन् ।
प्रतिक्रिया 4