+
+
Shares

पर्यटन बोर्डमा ५ सदस्यका लागि दरखास्त आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते ११:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्डमा रिक्त ५ कार्यकारी समिति सदस्य पदका लागि खुला दरखास्त आह्वान गरेको छ ।
  • इच्छुक उम्मेदवारले ५ दिनभित्र बायोडाटा बुझाउनुपर्ने र यसअघि रोष्टरमा सूचीकृत भएकाहरूले पुनः आवेदन दिनु नपर्ने मन्त्रालयले जनाएको छ ।

२४ जेठ, काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डमा रिक्त ५ कार्यकारी समिति सदस्य पदका लागि खुला दरखास्त आह्वान गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै इच्छुकलाई ५ दिन भित्र बायोडाटा पठाउन भनेको छ ।

मन्त्रालयले यसअघि नियुक्तिका लागि रोष्टर भर्न भनेको थियो । सो रोष्टरमा सूचीकृत भइसकेकाको हकमा भने पुनः बायोडाटा पठाउनु नपर्ने गरी सूचित गरिएको छ । सरकारले एक साथ राजनीतिक नियुक्तिका पदहरू खारेज गर्दा पर्यटन बोर्ड समेत अहिले नेतृत्वविहीन अवस्थामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?