+
+
Shares

म फेरि त्यो पदमा गइहाले भनेँ २ महिना फोटो खिच्ने र बधाई दिने काम नगरौँ : सुधन गुरुङ

उनले आफू फेरि गृहमन्त्री बनिहाले दुई महिनाको समयमा धेरै कामको सुरुवात गर्ने पनि बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते १४:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वगृहमन्त्री सुधन गुरुङले सम्पत्ति छानबिनबाट सफाइ पाएर पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने आशा व्यक्त गरेका छन् ।
  • रास्वपा गोरखाको अधिवेशनमा उनले आफू पुनः गृहमन्त्री बनेमा काम गरेर देखाउन दुई महिनाको समय आवश्यक पर्ने बताए ।
  • उनले गृहमन्त्री बनेपछि बधाई दिने र मन्त्रालय धाउने काम नगरी आफूलाई काम गर्ने वातावरण दिन आग्रह गरे ।

२४ जेठ, काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिको छानबिनपछि सफाइ पाएर आफूले फेरि जिम्मेवारी पाउनेमा आशावादी देखिएका छन् ।

आइतबार रास्वपा गोरखाको अधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई फेरि त्यही (गृहमन्त्री)कै जिम्मेवारी दिइयो भने दुई महिनामा धेरै काम गरेर देखाउने बताएका हुन् ।

‘मलाई फेरि त्यो जिम्मेवारीमा इच्छाउनुहुन्छ, काबिल देख्नुहुन्छ भने म त्यो पदमा गइहालेँ भने पनि मलाई अलिकति समय दिनु,’ उनले भने, ‘दुई महिनाजति समय दिनु । त्यतिखेर फोटो खिच्ने र माला लगाउने, खादा लगाउने, बधाई दिने कार्यहरू नगरौँ । मन्त्रालय धाउने काम नगरौँ ।’

उनले आफू फेरि गृहमन्त्री बनिहाले दुई महिनाको समयमा धेरै कामको सुरुवात गर्ने पनि बताए ।

‘दुई महिना समय दिनुहोला म त्यतिखेर सबैकुराहरू स्टाब्लिस गरिदिन्छु । त्यसपछि पनि भएन भने बाबु तिम्ले बोलेको कुरा भएन है भन्नुहोला,’ उनले भने ।

उनले आफूले आफ्नो धरातल नबिर्सिएको र मतदाताको मतको सम्मान गरिरहने पनि बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?