+
+
Shares

‘नेपाली ब्रो’ माथि अनुसन्धान गर्न सुधनको माग, प्रहरी चौकी पुगेर भेटे मृतककी आमा र दिदी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २३ गते १६:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तारकेश्वर–६ पैँयुटारमा घरायसी विवादका क्रममा फलामको रड प्रहार गरी श्रीमती ईश्वरी भुजेलको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ परेका छन् ।
  • नेपाली सेनामा कार्यरत भुजेलको शुक्रबार राति रड प्रहारबाट गम्भीर घाइते भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
  • पूर्वगृहमन्त्री एवं सांसद सुधन गुरुङले बालाजु प्रहरी कार्यालय पुगेर घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गर्नुभएको छ ।

२३ जेठ, काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङले श्रीमती हत्याको आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापासहिलाई अनुसन्धान गरी कडा कारबाही गर्न माग गरेका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा थापाले श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको आरोप छ ।

भुजेल नेपाली सेनामा कार्यरत थिइन् । उक्त विषयमा बालाजु प्रहरी कार्यालयबाट खटिएको टोलीले अनुसन्धान गरिरहेको छ ।

यसैबीच शनिबार दिउँसो गुरुङ प्रहरी कार्यालय नै पुगेका छन् । उनले प्रहरीले सत्यतथ्य छानबिन गर्नका लागि आग्रह पनि गरे ।

गुरुङले मृतक भुजेलकी आमा र दिदीलाई भेटेर घटनाबारे जानकारी लिएका थिए ।

मृतक भुजेल गोरखा निवासी हुन् । गुरुङ पनि गोरखाबाटै प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

पक्राउ परेका थापाले आफूलाई प्रो रेस्लर भनेर चिनाउने गरेका थिए ।

विवादमा क्रममा थापाले भुजेललाई फलामको रड प्रहार गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार राति १०:१० बजे रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?