News Summary
Generated by OK AI. Editorially reviewed.- विवादका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महोत्तरी जिल्ला अधिवेशन स्थगित भएको छ ।
- तदर्थ समितिका तत्कालीन अध्यक्ष शुभम साहलाई पार्टीले कारबाही गरेपछि दुई समूहबीच विवाद सिर्जना भएको हो ।
- दुई पक्षबीच सहमति जुटाएर मात्र बन्दसत्र शुरू गरी नयाँ नेतृत्व चयन गरिने निर्वाचन संयोजक मनिषकुमार साहले बताए ।
२४ जेठ, जनकपुरधाम । विवादका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महोत्तरी जिल्ला अधिवेशन स्थागित भएको छ ।
शनिबार जलेश्वरमा खुल्ला सत्रपछि आज महोत्तरीको रामगोपालपुरमा दोस्रो दिनको बन्दसत्र राखिएको थियो । तर दुईपक्षबीच सहमति हुन नसक्दा अधिवेशन स्थागित गरिएको छ ।
अधिवेशन निर्वाचन संयोजक मनिषकुमार साहले सूचना जारी गर्दै अधिवेशन स्थगित भएको जानकारी गराएका छन् ।
यसअघि तदर्थ समितिका अध्यक्ष शुभम साह रहेका थिए । अधिवेशन हुनु अघि उनलाई पार्टीले कारबाही गर्दै अधिवेशनमा सहभागी नगराउन पत्र पठाएको थियो । यसपछि दुई समूहबीच विवाद भएको छ ।
दुवै पक्षबाट सहमतिको प्रयास गरिरहेको र सहमति भए पश्चात बन्द सत्र गरी नेतृत्व छनोट गरिने संयोजक साहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4