News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको मालिका गाउँपालिका–३ ह्वाङ्दीमा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका कर्मचारी सूर्यबहादुर थापा गम्भीर घाइते भएका छन् ।
- पोलमा चढेर मर्मत गर्ने क्रममा करेन्ट लागेर भिरबाट खसेका ३० वर्षीय थापाको टाउको र शरीरमा गम्भीर चोट लागेको छ ।
- घाइते थापालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
२४ जेठ, गुल्मी । गुल्मीको मालिका गाउँपालिका–३ ह्वाङ्दीमा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारी गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आइतबार दिउँसो करिब २:३० बजे विद्युत् प्राधिकरण गुल्मीमा कार्यरत मालिका गाउँपालिका–५ छापाहिले निवासी ३० वर्षीय सूर्यबहादुर थापा विद्युतको पोलमा चढेर मर्मत कार्य गरिरहेका बेला अचानक करेन्ट लागेर दुर्घटनामा परेका हुन्।
करेन्ट लागेपछि उनी पोलबाट करिब ५०० मिटर तलको भिरतर्फ खस्न जाँदा निधार तथा शरीरका विभिन्न भागमा चोट लागेको डीएसपी बीरेन्द्र वीर विश्वकर्माले बताए ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी अर्खाबाङबाट प्रहरी टोली घटनास्थलमा पुगेर घाइते थापालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाएको थियो ।
घटनाबारे विद्युत् प्राधिकरण गुल्मीलाई समेत जानकारी गराइएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया 4