News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक संयन्त्रमार्फत समाधान गर्ने विषयमा छलफल भएको बताए ।
- भारत भ्रमणबाट फर्किएका मन्त्री खनालले लिपुलेक मानसरोवर मार्गबारे यसअघि नै कूटनीतिक नोट पठाइसकिएको स्मरण गरे ।
- सीमा समस्या समाधानका लागि दुई पक्षीय संयन्त्रको फिल्ड सर्भे टोलीले काम गरिरहेको उनले बताए ।
२४ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच देखिएको सीमा विवादबारे कूटनीतिक ढंगबाट समाधान गर्नेबारे छलफल भएको जानकारी दिएका छन् ।
आइतबार भारत भ्रमणबाट फर्किएका परराष्ट्रमन्त्री खनालले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यसबारे जानकारी गराएका हुन् ।
सीमा लगायतका दुई पक्षीय विषयमा भारत सरकारसँग आफूले छलफल गरेको उनले बताए ।
‘सीमासँग सम्बन्धित विषयलाई कूटनीति र अहिले भइरहेका संयन्त्रमार्फत समाधान गर्ने भन्ने पहिलेदेखिकै पोजिसन हो,’ परराष्ट्रमन्त्री खनालले भने, ‘अहिले त्यही ढंगबाट संयन्त्रले काम गरिरहेका छन् । अहिले कूटनीतिक ढंगबाट समाधान गर्ने भन्ने ढंगमा छलफल भएको छ ।’
लिपुलेक हुँदै कालोपानी मानसरोवर यात्राको बाटो भारत र चीनले सहमतिसाथ खुलाएको भन्नेबारे यसअघि नै परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक नोट पठाइएको उनले स्मरण गरे ।
सीमाकै हकमा पनि पछिल्लो समय दुई पक्षीय संयन्त्रको फिल्ड सर्भे टिमले काम गरिरहेको पनि उनले बताए ।
प्रतिक्रिया 4