२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका युवा नेताहरूले भेला आयोजनाको तयारी गरेका छन् ।
उनीहरूले कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल गर्न ‘बृहत युवा भेला’ आयोजनाको तयारी गरेका हुन् ।
युवा नेता भुपेन्द्रजंग शाहीले ३० जेठमा ‘बृहत युवा भेला’ आयोजनाको तयारी गरिएको जानकारी दिए ।
भेलामा पार्टीको आन्तरिक विवाद र विवाद समाधानका उपायबारे छलफल हुने उनको भनाइ छ ।
‘यो बेला जाने कसरी त पार्टी ? पार्टी विभाजनको बाटोमा जाने कि पार्टीलाई एकतावद्ध बनाएर जाने ?,’ नेता शाहीले भने, ‘यिनै विषयमा छलफल गर्न भेला बोलाएका हौं ।’
चाबहिलस्थित नवदुर्गा पार्टी भेन्युमा दिउँसो २ बजे सुरू हुने भेलामा विशेष महाधिवेशनमा सहभागी नभएका युवाको सहभागिता रहने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4