0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

कांग्रेसले भन्यो- चार लाख १७ हजार सदस्यता अद्यावधिक, अवरोध भए केन्द्रमा भन्नु

निर्णयमा सदस्यता अद्यावधिकको समय जेठ २८ नै अन्तिम रहेको भनिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते २१:३८

२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसले सोमबार साँझ ५ बजेसम्म चार लाख १७ हजार ७५३ जनाले डिजिटल माध्यमबाट सदस्यता अद्यावधिक भएको जनाएको छ । यस्तै थप ९८ हजार १४३ जना अद्यावधिक फाराम पेस गरेको पनि दाबी गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सोमबार साँझ एक विज्ञप्ति जारी गरेर उक्त तथ्यांक सार्वजनिक गरेका हुन् । उनको विज्ञप्तिमा  अद्यावधिक गर्न योग्य ७ लाख ८२ हजार २०९  क्रियाशील सदस्य रहेको भनिएको छ ।

विज्ञप्तिमा सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक बसेर सदस्यता अद्यावधिक सम्बन्धमा ८ र नयाँ सदस्यता सम्बन्धमा विभिन्न दुई वटा निर्णय भएको पनि उल्लेख छ ।

महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र अर्का महामन्त्री गुरुराज घिमिरे पनि उपस्थित रहेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा उल्लेखित निर्णयमा सदस्यता अद्यावधिकको समय जेठ २८ नै अन्तिम रहेको भनिएको छ । यस्तै १५ औं महाधिवेशन पूर्णत: प्रविधिमा आधारित बनाइने भन्दै सबै क्रियाशील सदस्यको सदस्यता अद्यावधिक अनिवार्य रहेको भनिएको छ ।

यस्तै, सदस्यता अद्यावधिक गर्नबाट कुनै तहबाट अवरोध भएमा केन्द्रीय कार्यालयमा सिधै सम्पर्क गर्न भनिएको छ ।

यस्तै, अनुशासन समितिको कारबाहीमा परेका, कांग्रेस परित्याग गरी अन्य दलमा प्रवेश गरेका, आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवार र तीनका समर्थक र प्रस्तावकको सदस्यता अभिलेखबाट हटाइने निर्णयमा उल्लेख छ ।

यस्तै, पार्टी मातहतका समिति र निकायलाई सदस्यता अद्यावधिक गर्न–गराउन निर्देशन गरिएको छ ।

यस्ता छन् निर्णय : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?