0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

पूर्वकार्यवाहक सभापति खड्काको बोलीबाट अचम्मित छुः विश्वप्रकाश शर्मा

कांग्रेसभित्र सहमतिका लागि आन्तरिक संवादहरु हुँदै गर्दा पूर्व कार्यवाहक सभापति खड्काले संवाद नभएको बताएपछि आश्चर्यमा परेको शर्माले बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १३:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र संवाद नभएको भन्ने पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अभिव्यक्तिप्रति आश्चर्य व्यक्त गरे ।
  • सहमति जुटाउन सभापति गगन थापाले जेठ १६ गते पठाएको सात बुँदे प्रस्तावमाथि जेठ २२ गते शर्मा र खड्काबीच छलफल भएको थियो ।
  • उपसभापति शर्माले सामाजिक सञ्जालमा लेखेर नभई आवश्यक संवाद गरेर मात्र सहमतिको वातावरण बन्ने बताए ।

२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको बोलीबाट अचम्मित भएको बताएका छन् ।

कांग्रेसभित्र सहमतिका लागि आन्तरिक संवादहरु हुँदै गर्दा पूर्व कार्यवाहक सभापति खड्काले संवाद नभएको बताएपछि आश्चर्यमा परेको शर्माले बताएका हुन् ।

पूर्व कार्यवाहक सभापति खड्काले आइतबार सामाजिक सञ्जाल मार्फत सभापति गगन थापासँग संवाद नभएको ३१ दिन भएको जानकारी गराएका थिए ।

कांग्रेसका नेताहरुका अनुसार दुई पक्षमा सहमतिका लागि संवाद भइरहेको छ । कार्यसम्पादन समितिका एक सदस्यले दिएको जानकारी अनुसार सहमतिका लागि सभापति थापाले सात बुँदे प्रस्ताव पूर्व कार्यवाहक सभापति खड्कासँग राखेका छन् ।

उनले भने,‘जेठ १६ गते सभापतिले सहमतिका लागि ७ बुँदे प्रस्ताव पठाउनु भएको छ । त्यसप्रति उताबाट केही जवाफ आएको छैन ।’

साथै, यही वीचमा जेठ २२ गते उपसभापति शर्माले खड्काकै निवासमा गएर छलफल गरेका थिए । शर्मा र खड्का वीचम जेठ २२ गते दिउँसो ३ बजेदेखि देखि करिब ३ घण्टा त्यही सात बुँदा माथि छलफल भएको कार्यसम्पादन समितिका एक सदस्यले जानकारी गराएका छन् ।

आइतबार (जेठ २४ ) सभापति थापा र उपसभापति शर्माले अर्को पक्षसँग सहमति गर्न सकिने विषयमा छलफल गरेका थिए । उपसभापति शर्माले अनलाइनखबरसँग भने,‘सहमतिका लागि आवश्यक संवाद हुनुपर्ला नि । कि, सामाजिक सञ्जालमा लेखेर सहमतिको वातावारण बन्छ ?’

अर्को पक्षलाई पठाइएको सात बुँदे प्रस्तावहरु बारे उपसभापति शर्माले खुलाउन चाहेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?