0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय

बैठकमा मन्त्रिपरिषद्को निर्णय तथा सरकारका कामकारबाहीको नियमित निगरानी गर्ने, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्ने तथा संसदमा प्रभावकारी ढंगले विषय उठाउने विषयमा छलफल भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते १८:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले सरकारका कामकारबाहीको निगरानी र संसद्मा आफ्नो भूमिका सशक्त बनाउन तोकेका विभागीय मन्त्रालयगत संयोजकहरूको बैठक आइतबार बसेको छ।
  • बैठकले मन्त्रालयगत गतिविधिको नियमित निगरानी गर्ने र संसद्मा रचनात्मक तथा सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने रणनीति बनाएको छ।
  • विभागीय संयोजकहरूको बैठक प्रत्येक महिना कम्तीमा एकपटक अनिवार्य रूपमा बस्ने निर्णय बैठकले गरेको छ।

२४ जेठ, काठमाडौं । सरकारका कामकारबाहीमाथि प्रभावकारी निगरानी बढाउने तथा संसदमा आफ्नो भूमिकालाई थप सशक्त बनाउने उद्देश्यसहित कांग्रेसले जिम्मेवारी तोकेका विभागीय मन्त्रालयगत संयोजकहरूको बैठक आइतबार बसेको छ ।

संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मन्त्रालयगत संयोजकको जिम्मेवारी पाएका सांसदहरूले सरकारका गतिविधि, मन्त्रालयहरूको कार्यसम्पादन तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूबारे धारणा राखेका थिए ।

बैठकमा मन्त्रिपरिषद्को निर्णय तथा सरकारका कामकारबाहीको नियमित निगरानी गर्ने, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्ने तथा संसदमा प्रभावकारी ढंगले विषय उठाउने विषयमा छलफल भएको थियो ।

साथै, राष्ट्रिय महत्वका मुद्दामा पार्टीको धारणा निर्माण गर्न सुझाव दिने, जनताका गुनासा तथा समस्यालाई सम्बन्धित निकायसम्म पुर्‍याउने र सरकारलाई जवाफदेही बनाउन सक्रिय भूमिका खेल्ने निर्णय पनि भएको छ ।

यसबाहेक बैठकले मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठक प्रत्येक महिना कम्तीमा एकपटक अनिवार्य रूपमा बस्ने निर्णय गरेको छ । आवश्यकता र परिस्थितिअनुसार जुनसुकै समयमा पनि बैठक बोलाउन सकिने जनाएको छ ।

सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले मन्त्रालयगत संयोजकहरूको सक्रियता बढाएर सरकारको कामको प्रभावकारी अनुगमन गर्दै संसदमा रचनात्मक तथा सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने रणनीति बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?