0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

प्लेकार्ड सार्वजनिक गर्दै हर्क साम्पाङले लेखे– संसद् बन्दी बन्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १३:०९

२६ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् बन्दी बनेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत संसद्मा देखाउने प्लाकार्ड सार्वजनिक गर्दै उनलेले लेखेका छन्, ‘संसद् बन्दी बन्यो ।’

‘अलोकतन्त्रको आठौं दिन’ भन्दै उनी अगाडि थप्छन्, ‘नियम १५–२ खोइ ?’

विगत आठ वटै बैठकमा श्रम संस्कृति पार्टीले संसद्मा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग राख्दै आएको छ ।

प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ मा संसद्मा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्री र प्रधानमन्त्रीले सात दिन भित्र दिनुपर्ने व्यवस्था छ ।

यसअनुसार संसद्मा जवाफ नआएको भनेर साम्पाङले यस अघि पनि नियम १५ को उपनियम २ खै भनेर प्ले कार्ड देखाएका थिए ।

यहाँनेर उनको प्रश्न छ, ‘प्रधानमन्त्री यही सभाको सदस्य हुन् कि होइनन् ?’

प्रधानमन्त्री सभाको सदस्य हो भने संसद्मा आउनुपर्ने र हाजिर गर्नुपर्ने उनको माग छ । यसअघि उनले संसद्मै प्रधनमन्त्रीले हाजिर गरेका छन् वा छैनन त्यसबारे जानकारी गराउन माग गरेका थिए ।

यदि निरन्तर अनुपस्थित रहे सभाको सदस्य नहरन सक्ने प्रावधान रहेको भन्दै साम्पाङले प्रतिनिधिसभाको सदस्य नै नरहे प्रधानमन्त्रीबाट स्वत: हट्ने भनेर संविधानको धारा ७७ को ‘ग’ मा रहेको प्रधानमन्त्री तथा मन्त्रीको पद रिक्त हुने अवस्था समेत स्मरण गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?