0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

नेपाली सेनालाई सीमा सुरक्षामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ

‘नेपाली सेनालाई सीमानामा लगेर तैनाथ गर्नुपर्छ । नेपाली सेनालाई राख्नुपर्ने ठाउँ सीमानामा हो तर अन्यन्त्र प्रयोग भइरहेको छ,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद हर्कराज राई साम्पाङले “नेपाली सेनालाई सीमानामा लगेर तैनाथ गर्नुपर्छ” भन्दै सीमा सुरक्षामा खटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
  • सांसद साम्पाङले देश रहन भूगोल आवश्यक पर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउनुपर्ने माग गरे ।

२५ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्कराज राई साम्पाङले नेपाली सेनालाई सीमा सुरक्षामा खटाउनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘नेपाली सेनालाई सीमानामा लगेर तैनाथ गर्नुपर्छ । नेपाली सेनालाई राख्नुपर्ने ठाउँ सीमानामा हो तर अन्यन्त्र प्रयोग भइरहेको छ,’ उनले भने ।

देश रहनका लागि भूगोल चाहिने भन्दै भूगोल बिनाको देश सम्भव नहुने उनले बताए ।

‘देश रहनका लागि भूगोल चाहिन्छ । भूगोल बिनाको देश हुँदैन । प्रधानमन्त्रीज्यूको मुखबाट जे सुनिरहेका छौं, त्यसबाट हामी दुखी छौं । आक्रोशित छौं । उहाँले आफ्नो वचन सच्याउनुपर्छ,’ उनले भने, ‘उहाँको मुखबाट निस्किएको शब्द उहाँकै मुखबाट सच्याउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?