News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सडक सुधार आयोजनाका ७ खण्डका लागि १ अर्ब ६३ करोड ९७ लाख रुपैयाँ विनियोजन गरेको छ ।
- विनियोजित बजेटमध्ये इलामको भेडेटार–रवि–राँके सडक योजनाका लागि सबैभन्दा बढी ८२ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।
- रामेछापको सडक सुधार तथा विकास योजना कार्यालयका लागि ५४ करोड र नुवाकोटको तीन–पिपले–रानिपौवा सडकका लागि ११ करोड विनियोजन गरिएको छ ।
२६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सडक सुधार आयोजना अन्तर्गत ७ खण्डमा १ अर्ब ६३ करोड ९७ लाख रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ ।
पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम अनुसार आगामी आवमा भेडेटार–रवि–राँके सडक योजना इलामलाई ८२ करोड बजेट विनियोजन भएको छ ।
लामोसाँघु–तामाकोशी–जिरी सडक योजनाले ९ करोड बजेट पाएको छ । सडक सुधार तथा विकास योजना कार्यालय रामेछापलाई ५४ करोड बजेट विनियोजन गरिएको छ।
तीन–पिपले–रानिपौवा सडक नुवाकोटले ११ करोड बजेट पाएको छ । बालाजु त्रिशुली/छहरे विदुर सडक योजना काठमाडौंलाई ३० लाख बजेट विनियोजन गरिएको छ ।
सडक सुधार तथा विकास आयोजना निर्देशनालय काठमाडौंले २ करोड ४२ लाख बजेट पाएको छ । ११ किलोमिटर छेपेटार भालुस्वाँरा वारपाक सडक योजनालाई ५ करोड बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4