0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

प्रधानमन्त्री नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्नु लाग्नुभयो : निश्कल राई

नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री नै नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्नु लागेको टिप्पणी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सचेतक निश्कल राईले भने, "प्रधानमन्त्री नै नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्नु लाग्नुभयो ।"
  • १७ जेठको प्रतिनिधिसभा बैठकमा नेपालले पनि भारतको जमीन मिचेको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले विरोध गरेका छन्।
  • सचेतक राईले सीमा विवादका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रघाती भएको आरोप लगाए।

२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री नै नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्न लागेको टिप्पणी गरेका छन् ।

‘सम्मानीय प्रधानमन्त्रीज्यू नेपालले भारतको जग्गा अतिक्रमण गरेको छ भनेर प्रमाणित गर्न लाग्नुभएको छ । सामाजिक सञ्जालमा उहाँको शुभचिन्तकहरुले पनि नभएका प्रमाणहरु सिर्जना गर्दै ‘नेपाललाई सीमा अतिक्रमणकारी देश’ भनेर प्रमाणित गर्न लागि परेका छन् । यो तहको राष्ट्रघात गर्न उहाँहरुलाई किन मन लागेको हो ? राष्ट्रको बेइज्जत गर्दा आनन्द र खुसी हुने कस्तो मानसिकता निर्माण गर्दै छौं हामी? कस्तो समाजको परिकल्पना गरिरहेका छौं?’ उनले सोधे ।

यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।

‘हामी प्रतिपक्षी दलहरुले विगत केही बैठक देखि यस सम्मानित सदनमा ठूलो आवाजमा ‘नेपाल सीमा अतिक्रमणकारी देश होइन’ भनेर प्रमाणित गर्न खोजिरहेका छौं । प्रधानमन्त्रीज्यूले यस सम्मानित सदनमा स्वयम् आफै उपस्थित भएर आफ्नो अभिव्यक्तिको आत्मालोचना गर्दै माफि माग्नुपर्छ भनेर माग गरिरहेका छौं,’ उनले थप भने, ‘हामीलाई लागेको थियो- राष्ट्रको अस्मितामाथी धावा बोल्दा सदनको अभिभावकको हैसियतमा सभामुख महोदयले अभिव्यक्ति हटाउन निर्देशन दिनुहुनेछ । तर‚ त्यसो हुन सकेन । त्यसैले आज पनि हामी सभामुख महोदयको साथ चाहान्छौं‚ अभिभावकत्व चाहान्छौं । तपाईंको सालिनतालाई उच्च कदर पनि गर्दछु । रोस्ट्रममा प्रधानमन्त्रीलाई बोलाएर यस विषयमा जवाफ दिने र उहाँले राष्ट्रिय हितविपरित बोलेका कुरामा उहाँबाट आत्मालोचना होस् । खुट्टा नकमाइ- सभामुख महोदय हामी रुलिङ चाहान्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?