News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री परीक्षा लिम्बु नेपाली र कोरियाली प्रविधिबाट उत्पादित स्किन केयर ब्रान्ड ओराको व्यवसायिक दूतमा नियुक्त भएकी छन् ।
- लिम्बुले “सौन्दर्यका लागि ओराको ब्रान्ड एकदमै राम्रो र विश्वसनीय छ” भनिन् ।
- ललितपुरको इमाडोलमा एनके कस्मेटिक्सले ३५ करोड रुपैयाँको लगानीमा ओरा ब्रान्डको स्किन केयर उद्योग स्थापना गरेको छ ।
काठमाडौँ । अभिनेत्री परीक्षा लिम्बु नेपाली र कोरियाली प्रविधिको सम्मिश्रणबाट उत्पादित स्किन केयर ब्रान्ड ओराको व्यवसायिक दूतमा नियुक्त भएकी छन् । आयोजित कार्यक्रममा कम्पनीले लिम्बुसँग सहकार्यको घोषणा गरेको हो ।
अहिलेकी ब्यस्त अभिनेत्री लिम्बुले ओरा ब्रान्डसँग आबद्ध हुन पाएकोमा उत्साह व्यक्त गरिन् । अहिलेको समय आफ्नो छालाको विशेषता बुझेर मात्र सबैले स्किन केयरका प्रशाधन प्रयोग गर्नुपर्ने उनले बताइन् ।
‘सौन्दर्यका लागि ओराको ब्रान्ड एकदमै राम्रो र विश्वसनीय छ’, लिम्बुले भनिन् ‘यो कोरियन टेक्नोलोजीबाट बनेको र कोरियाबाटै भित्रिएको भएकोले मलाई जोडिन मन लाग्यो ।’
कम्पनीले अभिनेत्री लिम्बुको व्यक्तित्व, लोकप्रियता र समाजमा रहेको सकारात्मक प्रभावले ब्रान्डलाई उपभोक्तामाझ व्यापक र प्रभावकारी रूपमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको जनाएको छ ।
ओरा केवल एउटा उत्पादनको नाम मात्र नभई भावनात्मक रूपमा उपभोक्तासँग जोडिएको विश्वास, गुणस्तर र आत्मविश्वासको ब्रान्ड भएको उल्लेख गरेको छ ।
एनके कस्मेटिक्स प्राइभेट लिमिटेडद्वारा उत्पादित ओरा ब्रान्डले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय स्किन केयर उत्पादनहरू सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्य राखेको छ ।
यसका लागि कम्पनीले ललितपुरको इमाडोलमा ३५ करोड रुपैयाँको लगानीमा उद्योग स्थापना गरेको छ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष विनोद कुँवरको नेतृत्व तथा कोरियन कस्मेटिक क्षेत्रका अनुभवी प्राविधिक विज्ञ जे हो हुको प्राविधिक सहयोगमा उद्योग सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया 4