News Summary
Generated by OK AI. Editorially reviewed.- ब्रोंकाइटिस र निमोनिया दुवै फोक्सोसँग सम्बन्धित समस्या भए पनि ब्रोंकाइटिसले श्वासनली र निमोनियाले वायुकोषमा असर गर्छन् ।
- यी दुवै रोगमा खोकी, ज्वरो र सास फेर्न गाह्रो हुनेजस्ता समान लक्षण देखिए पनि निमोनिया बढी गम्भीर हुन सक्छ ।
यदि खोकी वा ज्वरो छ र छाती कफका कारण भरिएको जस्तो महसुस भइरहेको छ भने, यो ब्रोंकाइटिस वा निमोनियाको संकेत हुन सक्छ । यी दुवै फोक्सोसँग सम्बन्धित समस्या हुन् र तिनका लक्षणहरू पनि एक :अर्कासँग मिल्दोजुल्दो हुन्छन् ।
यी दुवै संक्रमणले सास फेर्ने प्रक्रियामा असर पार्छन् र तीव्र दुखाइसँगै खोकी लाग्नु सामान्य हुन्छ । ब्रोंकाइटिस र निमोनियाका लक्षणहरू समान हुनुको अर्थ यी दुवै रोग एउटै हुन् भन्ने होइन । यी दुईबीच निकै महत्वपूर्ण फरक हुन्छ ।
ब्रोंकाइटिस के हो ?
ब्रोंकाइटिस सधैं केवल संक्रमणका कारण मात्र हुँदैन; यो एलर्जी, धुलो :धुवाँ, प्रदूषण वा अटोइम्युन कारणले पनि हुन सक्छ । त्यसैले यसलाई केवल संक्रमणसँग मात्र जोडेर बुझ्नु गलत हुन्छ ।
ब्रोंकाइटिस भनेको फोक्सोमा रहेका ब्रोन्कियल ट्युबहरू सास जाने नलीहरू सुन्निने अवस्था हो । यी नलीहरू सुन्निँदा तिनको भित्री भाग ल्युमिन साँघुरिन्छ, जसले गर्दा सास फेर्न कठिनाइ हुन्छ । साथै लगातार खोकी लाग्ने, छातीमा कफ जमेको महसुस हुने, घाँटीमा टिक्लिङ जस्तो अनुभूति हुने जस्ता लक्षण देखिन्छन् ।
म्यूकस ग्ल्याण्ड सक्रिय हुँदा कफ बढी उत्पादन हुन्छ, जसले समस्या झन् बढाउँछ । ब्रोंकाइटिस दुई प्रकारको हुन्छ—एक्युट ‘छोटो समयको’ र क्रोनिक ‘दीर्घकालीन’ ।
निमोनिया के हो ?
निमोनिया फोक्सोका वायुकोष ‘अल्भिओली’ मा हुने संक्रमण हो । यस अवस्थामा अल्भिओलीभित्र तरल पदार्थ वा पस भरिन सक्छ, जसले अक्सिजन आदानप्रदानमा बाधा पुर्याउँछ । यो सामान्यतया भाइरस, ब्याक्टेरिया वा फंगल संक्रमणका कारण हुन्छ, एलर्जीका कारण भने हुँदैन ।
ब्रोंकाइटिस र निमोनियाका कारण के हुन् ?
ब्रोंकाइटिसका कारण
ब्रोंकाइटिस एक संक्रामक अवस्था हो र धेरै मानिस यसबाट प्रभावित हुन्छन् । सामान्यतया यो गम्भीर हुँदैन । तर दीर्घकालीन ब्रोंकाइटिसले बिस्तारै फोक्सोको कार्यक्षमता घटाउँदै लैजान सक्छ र ज्यानका लागि जोखिमपूर्ण हुन सक्छ ।
एक्युट ब्रोंकाइटिसका कारण
भाइरल संक्रमण : भाइरसका कारण हुने ब्रोंकाइटिसमा खोकी र सास फेर्न गाह्रो हुन्छ ।
ब्याक्टेरियल संक्रमण : ब्याक्टेरियाले पनि ब्रोंकाइटिस गराउन सक्छ र सास फेर्न समस्या बढ्न सक्छ ।
फंगल संक्रमण : कहिलेकाहीँ ढुसीजन्य संक्रमणले पनि यो समस्या ल्याउन सक्छ ।
अन्य कारण : धूम्रपान, धुलो, धुवाँ, वाष्प, र वायु प्रदूषणजस्ता फोक्सोलाई चिढ्याउने पदार्थसँगको सम्पर्कले पनि ब्रोंकाइटिस हुन सक्छ ।
क्रोनिक ब्रोंकाइटिसका कारण
दीर्घकालीन ब्रोंकाइटिस श्वासनलीमा लगातार सुन्निने समस्याको कारण हुन्छ । यो ‘क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज’ को एउटा रूप हो । अमेरिकाको नेशनल इन्स्टिट्युट अफ हेल्थका अनुसार, ब्रोंकाइटिसमा म्यूकस मेम्ब्रेनमा जलन हुन्छ भने निमोनियामा फोक्सोका तन्तुहरू सुन्निन्छ, जुन ब्याक्टेरिया, भाइरस वा फंगल संक्रमणका कारण हुन सक्छ ।
निमोनियाका कारण
निमोनिया भाइरस, ब्याक्टेरिया वा फंगल संक्रमणका कारण हुन्छ । साथै, केही हानिकारक पदार्थ फोक्सोभित्र प्रवेश गर्दा पनि निमोनिया हुन सक्छ । जब यी जीवाणु वा इरिटेन्टहरू एल्भिओलीमा पुग्छन्, तब निमोनिया विकसित हुन्छ ।
निमोनियाका प्रकार र कारण
ब्याक्टेरियल निमोनिया : ब्याक्टेरियाका कारण हुने सबैभन्दा सामान्य निमोनिया । यसको प्रमुख प्रकार न्यूमोकोकल निमोनिया हो, जुन ट्रेप्टोकोकस निमोनिया ब्याक्टेरियाबाट हुन्छ ।
भाइरल निमोनिया : इन्फ्लुएन्जा जस्ता भाइरसका कारण हुन्छ ।
माइकोप्लाज्मा निमोनिया : माइकोप्लाज्मा नामक सूक्ष्म परजीवीका कारण हुन्छ, जसमा भाइरस र ब्याक्टेरिया दुवैका केही विशेषता पाइन्छन् ।
फंगल निमोनिया : ढुसीजन्य संक्रमणका कारण हुने निमोनिया ।
ब्रोंकाइटिस र निमोनियाका लक्षण
दुवै रोगका लक्षण धेरै हदसम्म समान हुन्छन्, तर केही लक्षणले फरक छुट्याउन मद्दत गर्न सक्छ ।
समान लक्षणहरू
–तीव्र खोकी र कफ आउने
–सेतो, हरियो वा पहेंलो कफ
–ज्वरो वा चिसो लाग्नु
–सास फेर्न गाह्रो हुनु वा घरघराहट आउनु
–छाती कस्सिएको महसुस हुनु
–घाँटी दुख्नु
निमोनियामा बढी देखिन सक्ने लक्षणहरू
–विशेष गरी वृद्ध व्यक्तिमा असहजता वा भ्रमको अवस्था
–सासको गति असामान्य रूपमा बढ्नु वा घट्नु
–वाकवाकी वा बान्ता
–भोक कम लाग्नु
–चिसो लाग्नु वा मांसपेशी दुख्नु
किन फरक छुट्याउन गाह्रो हुन्छ ?
ब्रोंकाइटिस र निमोनियाका लक्षण धेरै मिल्दोजुल्दा हुन्छन् । त्यसैले साधारण लक्षणका आधारमा मात्र छुट्याउन गाह्रो हुन्छ । सही निदानका लागि चिकित्सकीय परीक्षण आवश्यक हुन्छ ।
कुन अवस्थामा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ?
–सास फेर्न निकै गाह्रो हुनु
–खोकी रोक्न नसक्नु
–उच्च ज्वरो आउनु
–उपचारपछि पनि लक्षण सुधार नहुनु वा बारम्बार दोहोरिनु
–कफमा रगत देखिनु
–छातीमा तीव्र दुखाइ हुनु
–अत्यधिक कमजोरी महसुस हुनु
–पहिलेदेखि गम्भीर रोग हुनु र सास फेर्न समस्या बढ्नु
श्वाससम्बन्धी समस्या छिट्टै गम्भीर हुन सक्छ, त्यसैले यस्तो अवस्थामा आपतकालीन उपचार आवश्यक पर्न सक्छ ।
ब्रोंकाइटिस र निमोनियाको निदान कसरी गरिन्छ ?
चिकित्सकले सुरुमा लक्षण, तिनको अवधि र बिरामीको स्वास्थ्य इतिहास बुझ्छन् । त्यसपछि स्टेथोस्कोपले फोक्सोको आवाज सुन्छन् । आवश्यक परे निम्न परीक्षण गर्न सकिन्छ ।
स्प्युटम कल्चर : कफको नमुना परीक्षण गरेर संक्रमणको जीवाणु पत्ता लगाइन्छ ।
छातीको एक्स रे : फोक्सोमा संक्रमणको अवस्था देखाउँछ र ब्रोंकाइटिस तथा निमोनियाबीच फरक छुट्याउन मद्दत गर्छ ।
पल्स अक्सिमेट्री : रगतमा अक्सिजनको मात्रा मापन गरिन्छ ।
पल्मोनरी फङ्सन टेस्ट : फोक्सोले कति हावा लिन र निकाल्न सक्छ भन्ने जाँचिन्छ ।
ब्रोंकाइटिसको उपचार
उपचार रोगको कारणमा निर्भर हुन्छ । एकयुट ब्रोंकाइटिस धेरैजसो अवस्थामा यो भाइरल हुन्छ, त्यसैले एन्टिबायोटिकले काम गर्दैन ।
–पर्याप्त आराम
–प्रशस्त तरल पदार्थ सेवन
–ज्वरो वा दुखाइ कम गर्ने औषधि
–खोकीको औषधि
–राति ह्युमिडिफायर वा बाफको प्रयोग
–यदि कारण ब्याक्टेरिया हो भने चिकित्सकले एन्टिबायोटिक दिन सक्छन् ।
दीर्घकालीन ब्रोंकाइटिस
यो पूर्ण रूपमा निको नहुन सक्छ, तर लक्षण नियन्त्रण गर्न सकिन्छ
–इनहेलर
–पल्मोनरी रिहाबिलिटेसन थेरापी
–सुन्निने समस्या कम गर्ने औषधि
–धूम्रपान पूर्ण रूपमा बन्द गर्नु
निमोनियाको उपचार
निमोनियाको उपचार यसको प्रकारमा निर्भर हुन्छ ।
ब्याक्टेरियल निमोनिया : एन्टिबायोटिक
फंगल निमोनिया : एन्टिफंगल औषधि
भाइरल निमोनिया : विशेष भाइरल औषधि नभए पनि लक्षणअनुसार उपचार गरिन्छ ।
साथैः
–ज्वरो वा दुखाइ कम गर्ने औषधि
–प्रशस्त झोल पदार्थ सेवन
–पर्याप्त आराम
–ह्युमिडिफायर वा बाफको प्रयोग गरेर कफ पातलो बनाउने
–धूम्रपानबाट टाढा रहने
–गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने हुन सक्छ
प्रतिक्रिया 4