अचानक सरल बोले, “यी गरिबलाई मैले मात्र कति गर्नु ?”
सरल शहरमा व्यवसाय गर्थे। कुल पूजाको लागि गाउँ आएका थिए। कुलायन मन्दिर बनाउने योजनामा छलफल चल्यो। गाउँका दाजुभाइले पैसा कम हालेकोमा उनले चित्त दुखाए।
तल्लो पाटाबाट ढुङ्गाघरे चिच्याए, “बाँदरले मकै लग्यो।”
उसैगरी साहिंली चिच्याइन्, “चराले बिस्कुन खाला। हेर है ! छोरा। म पूजाको लागि सेल पकाउँदैछु।”
किसान श्रम गर्थे। खेतमा पानी हुन्थे। चराचुरुङ्गी पानी पिउँथे। पशुले घाँसपात खान पाउँथे। बाँदरदेखि साना–साना जीवजन्तु समेत किसानकै कारण जीवित थिए।
अमरलाई जान्न मन लाग्यो। उनले सेल टोक्दै सोधे “होइन काका, किसान गरिब नै हुन् त ?”
व्यवसायी सरललाई दुई–चार हजार कुलको लागि खर्च गर्ने हुनाले उनमा घमण्डको पारा चढ्यो। उनी फेरि चिच्याए, “कुलको लागि केही गर्न नसक्ने गरिब नभए को ?”
साधुरामको मन चुप बस्न मानेन। उनलाई थाहा थियो- पैसा कमाउनेहरू प्रभाव या झुट बेचेर अरूको पैसा आफूमा खिच्थे। र त पैसा हुन्थ्यो। किसान सधैं मुठी फुकाउँथे। र त सारा जीव जीवित थिए। बोकाको मासु भाग लगाउँदै उनले प्रश्न गरे, “लिने धनी कि दिने धनी काका?”
प्रतिक्रिया 4