+
+
Shares

‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन, अध्यक्षमा डा. लामिछाने चयन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३० गते ८:४५

३० जेठ, चितवन । नेपालको विद्यमान हाडजोर्नीसम्बन्धी सेवालाई अझ सुलभ, गुणस्तरीय र सर्वसाधारण जनताको पहुँचमा पुर्‍याउने उद्देश्यका साथ ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन गरिएको छ ।

हाडजोर्नी विशेषज्ञ डा.प्रमोद लामिछानेको अध्यक्षतामा गठन गरिएको ‘ट्रमा सोसाइटी अफ नेपाल’ ‘अर्थोपेडिक’ उपचार, ‘ट्रमा’ व्यवस्थापक र हाडजोर्नीसम्बन्धी उपचारमा संलग्न चिकित्सकहरूको संलग्न रहेका छन् ।

नवगठित सो सोसाइटीको वरिष्ठ उपाध्यक्ष डा. शैलेन्द्रकुमार दुवाल श्रेष्ठ, उपाध्यक्ष डा. हेमन्तकुमार गुप्ता, महासचिव डा. विजयन्द्र अधिकारी, कोषाध्यक्ष डा. आलोक पाण्डे, सहसचिव डा. पविन थापा र सहकोषाध्यक्षमा डा. सन्जित झा चयन भएका छन् । ट्रमा सोसाइटीको संरक्षकमा वरिष्ठ चिकित्सक प्रा.डा. रमेशप्रसाद सिंह रहेका छन् ।

नवगठित सो समितिमा काठमाडौं उपत्यकाको अतिरिक्त बाहिरी जिल्लाका हाडजोर्नी विधाका सक्रिय चिकित्सकहरूलाई यथाशक्य समेट्न प्रयास गरिएको बताउँदै अध्यक्ष डा. लामिछानेले देशका विभिन्न भागमा रहेर ट्रमा सम्बन्धी काम गर्ने चिकित्सकहरुको दक्षता विकास, समस्याहरुको पहिचान, नयाँ प्रविधी र नविन सोचका बारेमा ज्ञानको आदानप्रदान गरिने बताए ।

सोसाइटीले ट्रमा सेन्टरको विकास एवम् विस्तार गर्ने, यससम्बन्धी जनचेतना जगाउने तथा अनुसन्धानमूलक क्रियाकलापमा जोड दिने, ट्रमा सर्जरीको गुणस्तर वृद्धि गर्ने, दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा पुर्‍याउने तथा नीति निर्माण तहमा समेत सहयोग गर्नेलगायतका रचनात्मक कामलाई सोसाइटीले प्राथमिकता दिने अध्यक्ष डा. लामिछानेले बताए ।

सोसाइटीले सडक दुर्घटना, कार्यस्थलका चोटपटक र अन्य विपद्का कारण नेपालमा ट्रमा (गम्भीर चोट) को समस्या विकराल बन्दै गइरहेको अवस्थालाई दृष्टिगत गरी जटिल परिस्थितीहरुको सामाना गर्न सक्ने जनशक्ति, सोच र प्रविधिको संयोजनमा भूमिका खेल्नेछ ।

त्यसैगरी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विषय विज्ञहरूको सहभागितामा कार्यशाला गोष्ठी, नयाँ सर्जनका लागि ‘फेलोसिप’ कार्यक्रम, उत्कृष्ट सर्जनका लागि पुरस्कार, नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन र अन्य राष्ट्रिय तथा अन्तरराष्ट्रिय ज्ञानवर्दक कार्यक्रम गर्ने योजना बनाएको नवगठित सोसाइटीका अध्यक्ष डा लामिछानेले जानकारी दिए ।

ट्रमा सोसाइटीका अनुसार हाल नेपालमा हाडजोर्नीसम्बद्ध विशेषज्ञ चिकित्सकको संख्या करिब ९०० रहेको छ । दुघर्टना तथा विपद्का कारण गम्भीर चोटपटकबाट पीडित बिरामीको उपचारमा उनीहरूकै संलग्नता हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?