+
+
Shares
कांग्रेस सदस्यता :

केही जिल्लालाई असार ७ सम्म अद्यावधिकको मौका, नयाँ सदस्यता असार २० सम्म

‘वडाले अद्यावधिकका लागि समय मागे उपलब्ध गराउने’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३० गते २०:०७

३० जेठ, काठमाडौं । नेपाली कांग्रेसले जेठ २८ गतेसम्म क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लामा असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता व्यवस्थापन केन्द्रीय समितिको शनिबार बसेको बैठकले केही जिल्लार्ला असार ७ गतेसम्मको मौका दिने निर्णय गरेको छ ।

‘इन्टरनेटको पहुँच अति कम भएका उच्च हिमाली क्षेत्रका केही जिल्लाहरू, विकट पहाडी जिल्लाका केही पालिकाहरू तथा क्रियाशील सदस्यता अद्यावधिक ढिलाइ भएका बारा र खोटाङ जिल्लाका हकमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय मिति २०८३ असार ७ गतेसम्म कायम गरिएको छ,’ निर्णयमा भनिएको छ ।

यस्तै, विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका हकमा सदस्यता अद्यावधिक गर्ने समय असार १० गतेसम्म कायम गरिएको निर्णयमा उल्लेख छ ।

कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यहरूमध्ये जेठ २८ गतेसम्म ६ लाख ८७ हजार ९३१ क्रियाशील सदस्यता अद्यावधिक भएर डिजिटल प्रणालीमा प्रविष्ट भइसकेको भनेको छ ।

जसमा ५ लाख ३८ हजार ६२२ क्रियाशील सदस्यले एनसीआईडी पाएको र एक लाख ४९ हजार ३०९ जना क्रियाशील सदस्यहरूले विवरण पेस गरेको दाबी गरेको छ । ती सदस्यको वडा तहमार्फत अद्यावधिक प्रक्रियामा रहेको भनेको छ ।

अनलाइनमा प्रविष्ट नभएका फारामको हकमा असार ५ गतेसम्म अनुमोदन गराइसक्न मातहतका वडालाई निर्देशन दिएको निर्णयमा उल्लेख छ ।

यस्तै क्रियाशील सदस्यता शुल्क नबुझाएका सदस्यलाई शुल्क बुझाउन पनि कांग्रेसले भनेको छ । नभए १५ औं महाधिवेशन प्रक्रियामा भाग लिन नपाउने निर्णय गरिएको छ ।

यस्तै, अर्को निर्णयमा वडाबाट क्रियाशील सदस्यता अद्यावधिक गर्न छुटेकाहरूका लागि केन्द्रीय कार्यालयमा असार २० गतेसम्म प्रमाणसहित निवेदन दिन आह्वान गरिएको छ ।

यस्तै, आफ्नो वडाभित्र अद्यावधिक हुन छुटेका सदस्यको संख्या खुलाएर सात दिन नबढ्नेगरी केन्द्रीय कार्यालयमा इमेल गर्न वडा समितिसँग आग्रह गरिएको छ । प्राप्त निवेदनअनुसार समय आवश्यक परे उपलब्ध गराउने पनि सदस्यता व्यवस्थापन समितिले भनेको छ ।

यस्ता छन् बैठकका पूरा निर्णय :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?