News Summary
Generated by OK AI. Editorially reviewed.- संगीतकार तथा गायक आशिष अविरलमाथि अमेरिकाको बाल्टिमोरमा दुई स्थानीयले निर्घात कुटपिट गरेका छन् ।
- कुटपिटबाट नाक र आँखामुनिको हड्डी भाँचिएका अविरलको बाल्टिमोरस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
- चिकित्सकले उनको नाकको शल्यक्रिया गर्नुपर्ने बताएका छन् भने आँखाको चोटका कारण उनले मधुरो देख्न थालेका छन् ।
चर्चित संगीतकार तथा गायक आशिष अविरलमाथि अमेरिकाको बाल्टिमोरमा निर्घात कुटपिट भएको छ । कामको सिलसिलामा विवाद भएपछि स्थानीय दुईजनाले कुटेका हुन् ।
कुटपिटमा अविरलको नाक र आँखा मुनिको हड्डी भाँचिएको छ । अविरललाई आँखामा गम्भीर चोट लागेको अमेरिकामै रहेका उनी निकट संगीतकार लक्ष्मण पौडेलले जानकारी दिए ।
अहिले अविरललाई बाल्टिमोरको ट्रमा सेन्टरमा भर्ना गरिएको छ । कामको सिलसिलामा बाल्टिमोरको डाउनटाउनमा एक युवा र एक युवतीले अविरललाई कुटेका थिए । घाइते अविरललाई केही समयपछि त्यहाँ पुगेका साथीहरूले अस्पताल लगेका थिए ।
चिकित्सकले नाकको अप्रेसन गर्न भनेका छन् । आँखामा चोट लागेकाले उनले दृश्य मधुरो देखेको बताएका छन् । अविरल एक वर्षयता सपरिवार अमेरिकामा बस्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4