+
+
Shares

बेइजिङ पुगे परराष्ट्रमन्त्री खनाल  

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १२:११

३१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणको सिलसिलामा आज बेइजिङ पुगेका छन् । उनलाई चीनका लागि नेपालकी कार्यवाहक राजदूत रोशन खनाल र चिनियाँ विदेश मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा मन्त्री खनाल चीन भ्रमणमा गएका हुन् । उनी आजैदेखि भेटघाट तथा अन्तर्क्रिया लगायतका कार्यक्रममा सहभागी हुनेछन् । उनको आज पहिलो कार्यक्रम नेपाली समुदायसँग अन्तर्क्रिया छ ।

भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यी र चीन सरकारका उच्चस्तरीय पदाधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने जनाइएको छ ।

भ्रमणका दौरान बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजित लगानी सम्मेलनमा मन्त्री खनालले सहभागिता जनाउनेछन् । सम्मेलनमार्फत नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ । सो अवसरमा उनले चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्दै नेपालमा लगानीका सम्भावना र अवसरबारे जानकारी गराउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?