१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘एक स्थानीय तह, एक कृषि पाठशाला’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
अर्थमन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् ।
उक्त कार्यक्रम अन्तर्गत विद्यालय स्तरमा प्राङ्गारिक कृषि सम्बन्धी जनचेतना अभिवृद्धि गरिने छ ।
साथै, सिक्दै कमाउँदै कार्यक्रमलाई प्राथमिकता दिइने अर्थमन्त्री शाहले बताए । त्यसका लागि ७ करोड १४ लाख ४९ हजार विनियोजन गरिएको छ ।
प्रदेश सरकारले ‘स्वस्थ माटो, दिगो उत्पादन’ नामक कार्यक्रम मार्फत प्रदेशमा कृर्षकको माटो परीक्षण गरिने अर्थमन्त्री शाहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4