+
+
Shares

आईएमई २६ औं वर्षमा : प्रविधिबाटै रेमिट्यान्स सेवा सुरक्षित बनाउने प्रतिवद्धता

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईएमई लिमिटेडले आफ्नो स्थापनाको २६औँ वार्षिकोत्सव सम्पन्न गर्दै नयाँ लोगो सार्वजनिक गरेको छ ।
  • वार्षिकोत्सवमा संस्थापक अध्यक्ष हेमराज ढकालले डिजिटल प्रविधिमार्फत सुरक्षित र छिटोछरितो वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।
  • ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न सरकारसँग सहकार्य गर्ने बताए ।

१ असार, काठमाडौं । नेपाली रेमिट्यान्स सेवामा पर्यायवाची बन्न पुगेको आईएमईले स्थापनाको २६ औं वार्षिकोत्सव कार्यक्रम शुक्रबार काठमाडौंमा सम्पन्न गरेको छ ।

वार्षिकोत्सवको अवसरमा आईएमई लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई मूल मन्त्र बनाउँदै आगामी दिनमा डिजिटल इनोभेसनमार्फत अझ परिष्कृत, सुरक्षित र छिटोछरितो एकीकृत वित्तीय सेवा प्रदान गर्न दृढ रहेको बताए ।

उनले वैदेशिक रोजगारीमा रहँदा भोगेका अनुभवबाट जन्मिएको सानो परिकल्पना आज रेमिट्यान्स सेवामा मात्र नभई समग्र वित्तीय तथा डिजिटल भुक्तानी प्रणालीको एक भरपर्दो र अभिन्न अंग बन्न सफल भएको स्मरण गरे ।

साथै, आईएमईले देशका दुर्गमदेखि सहरी क्षेत्रसम्म वित्तीय पहुँच विस्तार गर्दै आर्थिक समावेशिताको प्रवर्द्धन तथा सामाजिक–आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि अध्यक्ष ढकालले बताए ।

आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङको विकाससँगै सेवा प्रवाहको स्वरूप परिवर्तन भइरहेको सन्दर्भमा नवीनतम प्रविधि आत्मसात् गरी रेमिट्यान्स तथा अन्य वित्तीय सेवालाई अझ परिष्कृत, सुरक्षित र छिटोछरितो बनाउने उनले प्रतिबद्धता जनाए ।

त्यसैगरी, आईएमईका संस्थापक तथा ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले २६ वर्षको यात्रामा ‘रेमिट भनेकै आईएमई’ र ‘आईएमई भनेकै रेमिट’ भन्ने पहिचान स्थापित हुनु गर्वको विषय भएको बताए ।

आईएमईलाई जिम्मेवारी पनि बढेको उल्लेख गर्दै उनले रेमिटेन्सलाई औपचारिक प्रणालीमार्फत भित्र्याउने, विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन योगदान गर्ने तथा प्राप्त रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह गरी राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन सरकारसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य–मान्यतालाई मुख्य कार्यदिशा बनाई आईएमईले सेवा प्रवाह गरिरहेको बताए ।

उनले प्रविधिको विकासलाई आत्मसात् गर्दै विविधीकृत सेवामार्फत आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिँदै अघि बढ्ने प्रतिबद्धता जनाए । सो समारोहमा आईएमईको नयाँ लोगो समेत सार्वजनिक गरिएको छ । नयाँ लोगोले आईएमईका विस्तारित वित्तीय सेवाहरूलाई प्रतिनिधित्व गर्ने जनाइएको छ।

वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर–कम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेता र उपविजेताहरूलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो।

साथै, लामो समयदेखि कम्पनीमा आबद्ध कर्मचारीहरूलाई विशेष सम्मानसमेत गरिएको थियो। उक्त समारोहमा आईएमई लिमिटेड तथा आईएमई ग्रुपमा आबद्ध कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन प्रमुखहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?