+
+
Shares
फिफा विश्वकप २०२६ :

डियाजको गोलमा कोलम्बिया फेरि अगाडि

लुइस डियाजले ६५औं मिनेटमा गोल गर्दै कोलम्बियालाई २-१ को अग्रता दिलाएका हुन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते ९:१६

४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अहिले भइरहेको खेलमा कोलम्बियाले उज्बेकिस्तान विरुद्ध फेरि अग्रता लिएको छ ।

मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा भइरहेको खेलमा लुइस डियाजले ६५औं मिनेटमा गोल गर्दै कोलम्बियालाई २-१ को अग्रता दिलाएका हुन् ।

विश्वकपमा डेब्यु गरिरहेको उज्बेकिस्तानका लागि अब्बोसबेक फेजुल्लाएभले बराबरी गोल फर्काएको पाँच मिनेटपछि नै डियाजले गोल गरेका हुन् ।

उज्बेकिस्तानका फेजुल्लाएभले ६०औं मिनेटमा बराबरी गोल गरेका थिए । उनी फिफा विश्वकपमा उज्बेकिस्तानका लागि गोल गर्ने पहिलो खेलाडी बने ।

त्यसअघि कोलम्बियाका डानिएल मुनोजले ४०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । उनले लुइस डियाजको पासमा वान टच फिनिसिङ गरे ।

एसियाली राष्ट्र उज्बेकिस्तानले यसै खेलबाट विश्वकपमा डेब्यु गरेको हो । सन् २००६ मा इटालीलाई विश्वकप जिताउँदाका कप्तान फाबियो कानभारो हाल उज्बेकिस्तानको प्रशिक्षक छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?