+
+
Shares

अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनिएको भन्दै कांग्रेसले उठायो प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते ११:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न बाध्य पारिएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
  • कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले ४ असारको प्रतिनिधिसभा बैठकमा यस घटनाको निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गर्नुभयो ।

४ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थुनिएको भन्दै नेपाली कांग्रेसले प्रश्न उठाएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरू उठे ।

सभामुख डोलप्रसाद अर्यालले समय दिएपछि बोल्दै कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनिएको विषय उठाएका हुन् ।

‘संवैधानिक निकायका प्रमुख अख्तियार दुरुपयोग आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर प्रधानमन्त्री कार्यालयबाटै पक्राउ पुर्जी जारी गर्न बाध्य बनाइने । नत्रभने प्रधानमन्त्री कार्यालयभित्रै निज पदाधिकारीहरूलाई थुन्ने धम्कीका साथमा पक्राउ पुर्जी जारी भएको कुरा बाहिर आएको छ’, सांसद केरुङले भने ।

यो विषय साँचो हो भने संसदीय छानबिन समिति गठन गर्नुपर्ने उनको माग छ । यो विषयमा प्रधानमन्त्री बालेन स्वयंले संसद्लाई जानकारी गराउनुपर्ने र यसनिम्ति सभामुखले रुलिङ गर्नुपर्ने उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?