+
+
Shares

सभामुखको आसन अगाडिबाट मन्त्रीहरू हिंडेपछि संसद्‌मा नियमापत्ति

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा बैठकमा सभामुख र बोलिरहेका सांसदको बीचबाट मन्त्रीहरू हिँडेर नियम उल्लंघन गरेको भन्दै एमाले प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति गरे ।
  • उनले सांसद रमेश मल्ल बोलिरहेका बेला दुई जना मन्त्री बीचबाट हिँडेको उल्लेख गर्दै सभामुखसँग रुलिङको माग गरेका छन् ।

४ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने नियम छ । यस्तो नियमको उल्लंघन भएको भनेर नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति गरेका छन् ।

‘विडम्बना, दु:खको कुरा सरकारका मन्त्रीहरू सबैभन्दा बढी यो नियम उल्लंघन गरिरहनुभएको छ । मर्यादा उल्लंघन गरिरहनुभएको छ,’ महरले भने, ‘माननीय रमेश मल्लले बोलिरहेको बेलामा सभामुखज्यू र उहाँको बीचबाट दुई जना माननीय मन्त्री हिंड्नुभएको छ ।’

सांसद बोलेको देख्दा देख्दै मन्त्रीहरू हिंड्नु नियम विपरित भएको उनले बताएका हुन् ।

यसप्रति आपत्ति जनाउँदै उनले सभामुखसँग रुलिङको माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?