+
+
Shares

नवप्रवर्तन मन्त्रालयको बजेट ४ अर्ब, बिना शीर्षकमा साढे ३ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १२:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई कुल बजेटको एक प्रतिशत अर्थात् चार अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
  • मन्त्री महाविर पुनले नयाँ कार्यक्रम बनाउन बाँकी रहेकाले विनियोजित बजेटमध्ये साढे तीन अर्ब रुपैयाँ अबन्डामा राखिएको जानकारी दिए ।
  • विगतमा सही व्यवस्थापन हुन नसकेको यो मन्त्रालय छुट्टै स्थापना भएकाले अब नयाँ ढंगले काम गर्नुपर्ने दायित्व रहेको उनले बताए ।

४ असार, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय नयाँ मन्त्रालय हो ।

यो मन्त्रालयलाई सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल बजेटको एक प्रशिशत रकम विनियोजन गरेको छ । यसको रकम चार अर्ब रहेको प्रविधि तथा नवप्रवर्तन मन्त्री महाविर पुनले जानकारी दिए ।

‘बजेट चार अर्ब जति रुपैया छ’ पुनले भने, ‘चार अर्ब जुन छुट्याइएको छ । यसमा पनि साढे तीन अर्ब अबन्डामा छ ।’

नयाँ मन्त्रालय भएकोले नयाँ कार्यक्रम बनाउनुपर्ने भएकाले यसो गर्नुपरेको उनले बताए ।

‘नयाँ कार्यक्रम बनेकै छैन । पहिलेदेखि चलि आएका सानातिना कुराहरू थिए । ति सानातिना कुराहरूका लागि ५०/६० करोड त्यहाँ छुट्याइएको छ,’ उनले बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भने ।

यो मन्त्रालय २०५३ सालमा पनि बनेको उनले बनाए । त्यसयता कहिले कुन मन्त्रालय, कहिले कुन मन्त्रालयमा जोडिँदै आएको र अहिले छुट्टै रुपमा बनेको बताए ।

विगतमा मन्त्रालय बने पनि यसको सही व्यवस्थापन हुन नसकेको बताए । राजनीतिक भागवण्डामा मिलाउन यो मन्त्रालय दिने र कर्मचारी त्यस्तै दिने प्रवृति विगतमा रहेको स्मरण गरे ।

अहिले छुट्टै मन्त्रालय बनेकाले नयाँ ढंगले काम गर्नुपर्ने दायित्व रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?