+
+
Shares

सदर चिडियाखानामा भेटियो बर्डफ्लु

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १४:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाका जीवजन्तुमा बर्डफ्लु पुष्टि भएपछि आजदेखि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ ।
  • संक्रमण थप फैलिन नदिन र आगन्तुकको सुरक्षाका लागि चिडियाखाना प्रशासनले सम्पूर्ण गतिविधिहरू स्थगित गरेको छ ।
  • गत चैत महिनामा कोशी प्रदेशमा देखिएको बर्डफ्लु संक्रमण हालसम्म देशभरका १० जिल्लामा फैलिसकेको छ ।

५ असार, काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्डफ्लु पुष्टि भएको छ ।

बर्डफ्लु पुष्टि भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको सदर चिडियाखानाले सूचना जारी गर्दै आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ ।

चिडियाखानाका अनुसार संक्रमण थप फैलिन नदिन र आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्नका लागि आजदेखि नै लागु हुने गरी चिडियाखानाका सम्पूर्ण गतिविधिहरू स्थगित गरिएको छ ।

गत चैतमा कोशी प्रदेशमा देखिएको बर्डफ्लु संक्रमण अहिलेसम्म १० जिल्लामा फैलिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?