News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन भोलिदेखि चितवनमा शुरू हुँदैछ ।
- महाधिवेशनमा सहभागी हुन ३ हजार ९९० प्रतिनिधिले जनही ५ हजार रुपैयाँका दरले शुल्क बुझाएका छन् ।
- प्रतिनिधिहरूबाट संकलन भएको १ करोड ९९ लाख ५० हजार रुपैयाँको विवरण निर्वाचन आयोगमा बुझाइएको छ ।
६ असार, काठमाडौं । रास्वपा महाधिवेशनमा सहभागी हुनका लागि करिब ४ हजार प्रतिनिधिले सहभागीता शुल्क बुझाएका छन् ।
रास्वपाले प्रति प्रतिनिधि ५ हजार शुल्क तोकेको छ ।
महाधिवेशनको पूर्वसन्ध्यामा उपसमिति संयोजक लिमा अधिकारीले यसबारे केन्द्रीय समिति बैठकलाई जानकारी गराएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार ३ हजार ९९० प्रतिनिधिले सहभागीता शुल्क बुझाइसकेका छन् ।
५ हजारका दरले प्रतिनिधिहरूबाट मात्रै १ करोड ९९ लाख ५० हजार रकम उठेको छ ।
उक्त तथ्यांक निर्वाचन आयोगलाई बुझाइएको र रुजु गर्ने प्रक्रियामा रहेको पनि उनले बताएकी छिन् ।
रास्वपाको महाधिवेशन भोलिबाट चितवनमा सुरु हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4