चितवन । मेनुका शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी छिन् ।
विभिन्न सामाजिक अभियानमा संलग्न शाहीले आइतबारदेखि चितवनमा सुरु हुने महाधिवेशनमा चुनाव लड्ने घोषणा गरेकी हुन् । दैलेख निवासी अधिवक्ता शाही बास काठमाडौं शाखाकी अध्यक्षसमेत हुन् ।
उनले पार्टीभित्र लोकतान्त्रिक मूल्य, सुशासन, पारदर्शिता तथा जनमुखी राजनीतिलाई अझ सुदृढ बनाउन उम्मेदवारी घोषणा गरेको बताएकी छन् । ‘सक्षम नेतृत्व, सशक्त संगठन र समृद्ध नेपालको अभियानमा आफ्नो भूमिका निर्वाह गर्न उम्मेदवारी दिएको हुँ’, उनले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4