+
+
Shares

रास्वपा महाधिवेशन : पदाधिकारीको संख्या १९ सदस्यीय, केन्द्रीय सदस्य १५८

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ६ गते २०:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आइतबारदेखि चितवनमा शुरू हुँदैछ ।
  • शनिबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको संशोधित विधान पारित गरेको छ ।
  • संशोधित विधान अनुसार अब बन्ने १५८ सदस्यीय केन्द्रीय समितिमा १९ जना पदाधिकारी रहनेछन् ।

६ असार, काठमाडौं । रास्वपाको पहिलो महाधिवेशन भोलिबाट सुरु हुँदैछ । तीन दिनसम्म चल्ने पहिलो महाधिवेशनले नयाँ केन्द्रीय समिति चयन गर्नेछ ।

महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार चितवनमा रास्वपाले केन्द्रीय समिति बैठक राखेको थियो ।

बैठकले संशोधित विधान पारित गरेको छ । विधान अनुसार, अब बन्ने पदाधिकारीको संख्या १९ जना रहने व्यवस्था रहेको नेता गणेश पराजुलीले जानकारी दिए ।

उनका अनुसार, सभापति, वरिष्ठ नेता, उपसभापति–३ (महिला १ जना), महामन्त्री–२, सहमहामन्त्री–५ (महिला १), कोषाध्यक्ष–१, सहकोषाध्यक्ष–२, प्रवक्ता–१ र सहप्रवक्ता–३ जना रहनेगरी पदाधिकारी बन्नेछ ।

त्यस्तै, सभापति, उपसभापति ३, महामन्त्री २, ५ जना सहमहामन्त्री, १ जना कोषाध्यक्ष, प्रवक्ता स्वत: सचिवालय सदस्य हुने पनि उनले जानकारी दिए ।

बाँकी सचिवालय सदस्यहरू सभापतिले नै मनोनीत गर्ने उनले बताए ।

त्यस्तै, रास्वपाको केन्द्रीय समिति १५८ जनाको हुनेछ । जसमा सभापतिले ५१ मनोनीत गर्नेछन् भने ९९ जना निर्वाचित हुनेछन् ।

७ प्रदेशका सभापति स्वत: पदेन सदस्य रहने भएकाले केन्द्रीय समितिमा रहने पनि उनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?