+
+
Shares

कांग्रेस–एमालेलाई रविको सुझाव : आफ्नो दलको अप्ठेरा सुल्झाउनुहोला

उनले भने, ‘त्यो अप्ठेरा त्यो दलको मात्रै होइन, त्यो दलका अप्ठेरा सुल्झिएनन् भने देशको अप्ठेरा पनि बन्न सक्छ । मेरो शुभकामना छ, आफ्नो दलभित्रका अप्ठेरा मिलाउनुहोला ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेले ७ असारमा नेपाली कांग्रेस र नेकपा एमालेभित्रका अप्ठेरा सुल्झाउन आग्रह गरेका छन् ।
  • पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले दलहरूका अप्ठेरा सुल्झिए देश राम्रो बाटोमा जाने बताए ।
  • उनले ठूला दुई दललाई 'मेरो शुभकामना छ, आफ्नो दलभित्रका अप्ठेरा मिलाउनुहोला' भनी आग्रह गरे ।

७ असार, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्रका अप्ठेरा सुल्झाउन आग्रह गरेका छन् ।

पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

‘सबै दल ठिक हुनुपर्छ । दुई शक्तिशाली दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र अप्ठेरा देखिएका छन्,’ उनले भने, ‘त्यो अप्ठेरा त्यो दलको मात्रै होइन, त्यो दलका अप्ठेरा सुल्झिएनन् भने देशको अप्ठेरा पनि बन्न सक्छ । मेरो शुभकामना छ, आफ्नो दलभित्रका अप्ठेरा मिलाउनुहोला ।’

आफ्नो दलमात्रै होइन अन्य दलहरूको अप्ठेरा पनि सुल्झिए भने देश एउटा राम्रो बाटोमा जाने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?