+
+
Shares

केन्द्रीय समिति बैठकपछि रविले भने– मैले अतिरिक्त अधिकारको अभ्यास गरेको होइन

‘सभापतिलाई अतिरिक्त अधिकार लिएको हो कि भन्ने प्रश्न पनि उठेको छ । यो विशेष परिस्थिति हो । मनोनीतको संख्या धेरै भएको हो कि पदाधिकारीको संख्या पनि प्रश्न उठेको छ,’ सभापति लामिछानेले भने, ‘मलाई अतिरिक्त अधिकारको अभ्यास गर्ने परिपाटीलाई प्रशय दिइनँ जस्तो लाग्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ६ गते १९:४८
तस्वीर : कमल प्रसाईं/अनलाइनखबर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेले आफूले अतिरिक्त अधिकार प्रयोग गर्ने अभ्यास नगरेको स्पष्ट पारेका छन् ।
  • चितवनको भरतपुरमा भोलिदेखि शुरू हुने पार्टीको पहिलो महाधिवेशनअघि रास्वपाको केन्द्रीय समिति बैठक बसेको छ ।
  • लामिछानेले "मलाई अतिरिक्त अधिकारको अभ्यास गर्ने परिपाटीलाई प्रशय दिइनँ जस्तो लाग्छ" भन्दै महाधिवेशनबाट एकताको सन्देश दिनुपर्ने बताए ।

६ असार, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूले अतिरिक्त अधिकार प्रयोग गर्ने अभ्यास नगरेको प्रष्ट पारेका छन् । विधान संशोधन हुँदा पदाधिकारीको संख्या बढाइएको र मनोनीतको संख्या पनि धेरै राखिएको भन्नेबारे प्रश्न उठेको भन्दै यसलाई विशेष परिस्थितिको रुपमा बुझ्न आग्रह गरे ।

चितवनको भरतपुरमा भोलिबाट पार्टीको पहिलो महाधिवेशन हुँदैछ । त्यसअघि बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘सभापतिलाई अतिरिक्त अधिकार लिएको हो कि भन्ने प्रश्न पनि उठेको छ । यो विशेष परिस्थिति हो । मनोनीतको संख्या धेरै भएको हो कि पदाधिकारीको संख्या पनि प्रश्न उठेको छ,’ सभापति लामिछानेले भने, ‘मलाई अतिरिक्त अधिकारको अभ्यास गर्ने परिपाटीलाई प्रशय दिइनँ जस्तो लाग्छ ।’

साथै, उनले यो महाधिवेशनबाट ठूलो एकताको सन्देश दिनुपर्ने बताए ।

‘यो महाधिवेशनबाट हामीले एकताको ठूलो सन्देश दिनुपर्नेछ । यो महाधिवेशनभन्दा अगाडि हामी विभिन्न दलबाट समेत रास्वपालाई घर बनाएर आउनुभएको छ । म उहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु । आगामी कार्यकालमा पनि सहकार्य रहोस्,’ लामिछानेले भनेका छन् ।

आफ्नो कार्यकाल अत्यन्त सुन्दर र ऐतिहासिक रहेको उनको भनाइ छ । ‘मुलुक र स्थायीत्वका लागि मुलुकलाई निकास दिनका लागि हामी एक ठाउँमा उभिएका छौं । परिणाम दिन सकिएन भने यसको कुनै अर्थ हुँदैन,’ लामिछानेले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?