+
+
Shares

सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १८:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेले सरकार चलाउनेबारे बालेन शाहसँग भएको सहमतिमा कुनै समस्या आउन नदिने बताए ।
  • उनले “सरकार सञ्चालन गर्न चुनाव अगाडि नै पार्टीका बरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुर्‍याइसकेको छ । अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको” भने ।
  • लामिछानेले आफू चुक्ली लगाउनेहरूलाई नभई इतिहासलाई जवाफ दिन बोलिरहेको उल्लेख गरे ।

७ असार, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सरकार चलाउनेबारे बालेन शाहसँग भएको सहमतिमा कुनै समस्या आउन नदिने बताएका छन् ।

प्रथम महाधिवेशन उद्घाटन समारोहबाट लामिछानेले सरकार चलाउने जिम्मा बालेनकै भएको बताएका छन् ।

‘सरकार सञ्चालन गर्न चुनाव अगाडि नै पार्टीका बरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुर्‍याइसकेको छ । अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको,’ उनले भने, ‘झुक्किएर त्यो बल कही आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो ।’

सभापति लामिछानेले यस्तो घोषणा गर्दा सहभागीहरूले ताली बजाएका थिए ।

‘यहाँ मुख मिठ्याउनेहरू पनि धेरै छन्, चुक्ली लगाइदिने पनि धेरै छन्,’ उनले भने, ‘म तिनलाई जवाफ दिन बोलिरहेको छैन, म त इतिहासलाई जवाफ दिन बोलिरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?