+
+
Shares

विष्णु पौडेललाई म्याद थपका लागि इजलासमा पेस गरियो

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा पेस गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १५:५३

९ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा पेस गरिएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहेका पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको हो।

सम्पत्ति शुद्धीकरण अुनसन्धान विभागको पत्रको आधारमा सोमबार पौडेललाई सुर्खेत प्रहरीले पक्राउ गरेको थियो । उनलाई आज काठमाडौं ल्याइपुर्‍याइएको हो ।

अदालतमा अहिले म्याद थपका लागि सरकारी वकिलहरूले र पक्राउ गर्नु नै गलत भन्दै पौडेलपक्षका वकिलहरूले बहसको तयारी गरेका छन् ।

उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले अनलाइनखबरलाई बताएको छ ।

उनलाई नियन्त्रणमा लिनुअघि विभागको टोलीले उनकाे निवासमा पनि छापा मारेको थियो । उनलाई म्याद थपका लागि अदालत पेस गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?