+
+
Shares

प्रतिनिधिहरू आफैंले गरे रास्वपा महाधिवेशन स्थलको सरसफाइ (तस्वीरहरू)

सरसफाइ गर्न महाधिवेशन प्रतिनिधिहरू आफैं खटिएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १० गते १६:४७

१० असार, चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन जारी छ ।

आइतबारदेखि जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया चलिरहेको छ । केही समय अघि मात्रै केन्द्रीय निर्वाचन आयोगले रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । जस अनुसार ३८४ जनाको नाम सार्वजनिक भएको छ । रास्वपाको संशोधित विधान अनुसार, १५८ जना केन्द्रीय सदस्य हुने व्यवस्था छ । जसमध्ये ९९ जना निर्वाचित हुनेछन् भने ५१ जनालाई सभापतिले मनोनीत गर्नेछन् ।

त्यस्तै ७ जना प्रदेश सभापतिहरू पदेन सदस्य हुने भएकाले स्वत: केन्द्रीय सदस्य रहनेछन् ।

मतदान आज बिहान ९ बजेदेखि सुरु हुने भनिए पनि अझै सुरु हुन सकेको छैन । उम्मेदवारहरूले आ-आफ्नो पक्षमा मत मागिरहेका छन् । मत माग्नका लागि उम्मेदवारहरूले व्यानर, पम्पलेट लगायतका प्रचार सामग्री व्यापक प्रयोग गरेका छन् । चुनावी प्रचार सामग्री महाधिवेशन स्थल वरपर छरपष्ट छरिँदा महाधिवेशन स्थल फोहोर देखिएका छन् ।

सरसफाइ गर्न महाधिवेशन प्रतिनिधिहरू आफैं खटिएका छन् ।  विशेष गरी सांसद केपी खनाल, प्रधानमन्त्री बालेनको सचिवालय सदस्य सुदीप ढकाल नेतृत्वको टोली सरसफाइमा सक्रिय भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?