+
+
Shares

राष्ट्रिय धान दिवसमा १ अर्बको दही बिक्री हुने प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते २०:१५

११ असार, काठमाडौं । राष्ट्रिय धान दिवस अर्थात् असार १५ को अवसरमा यस वर्ष देशभरि करिब ७५ लाख लिटर दही खपत हुने प्रक्षेपण गरिएको छ ।

नेपाल डेरी एसोसिएसनले उक्त दिन दहीको बिक्रीबाट मात्रै करिब एक अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरेको हो ।

बिहीबार काठमाडौंमा आयोजित ‘दही–चिउरा प्रवद्र्धन कार्यक्रम’ का क्रममा एसोसिएसनले उक्त तथ्यांक सार्वजनिक गरेको हो । हरेक वर्ष असार १५ का दिन खेतमा धान रोप्दै, रमाइलो गर्दै दही र चिउरा खाने परम्परागत नेपाली संस्कृति रहँदै आएको छ ।

कार्यक्रममा बोल्दै एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले असार १५ जस्ता मौलिक तथा सांस्कृतिक पर्वले नेपाली कृषि परम्परा र स्वदेशी उत्पादनबीचको सम्बन्धलाई थप बलियो र प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

उनले नेपालमै उत्पादित दुग्धजन्य सामग्रीको उत्पादन, प्रवद्र्धन र उपभोगलाई राष्ट्रिय अभियानकै रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।

यसका साथै, अध्यक्ष दाहालले दुग्ध उत्पादक किसानका समस्याप्रति पनि सरोकारवालाको ध्यानाकर्षण गराए । किसानले दुखः गरेर उत्पादन गरेको दूधको उचित मूल्य पाउनुपर्ने, भुक्तानी समयमै हुनुपर्ने र समग्र दुग्ध उद्योगको दिगो विकासका लागि सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय तथा सहकार्य हुनुपर्नेमा उनले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?