News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले मंगलबार ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बोलकबोलमार्फत जारी गर्ने भएको छ ।
- बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क मा आवेदन दिन सक्नेछन् ।
- अधिक तरलता व्यवस्थापन गर्न जारी गरिएको यस ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।
१६ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बोलकबोलमार्फत सो ऋणपत्र जारी हुन लागेको छ ।
बैंक तथा वित्तीय संस्थाले लगानीका लागि यसमा आवेदन दिन सक्नेछन् । ब्याजदर बोलकबोलबाट तय हुनेछ भने अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ । न्यूनतम ५ करोड तथा अधिकतम ५ करोडले भाग जाने कुल आह्वान रकमसम्म बैंक तथा वित्तीय संस्थाले आवेदन दिन सक्नेछन् ।
यस उपकरणको नाम नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क रहेको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता रहेका बेला यो ऋणपत्र जारी हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4