२५ असार, काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा एवं पार्टी पुनगर्ठन सुझाव संकलन कार्यदलको बैठक आज बस्दैछ ।
प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार विहान ११ बजे केन्द्रीय मूख्यालय च्यासलमा बैठक बोलाएको छ । गत १० असारमा सम्पन्न सचिवालय बैठकले पार्टी पुनगर्ठनबारे पार्टी कार्यकर्ताहरुबाट सुझाव संकलन गर्ने निर्णय गरेको हो ।
निर्णय बमोजिम राजधानी बिषेश सहित आठै प्रदेश, जनसंगठन, विभाग, प्रवास कमिटी, सल्लाहकारहरुको सुझाव संकलन भएको छ । उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलले अब संकलित सुझावलाई प्रतिवेदन तयार पार्नेबारे आज छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4