२५ असार, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिबद्ध भएर निरन्तर लागि परेको दाबी गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त दाबी गरेका हुन् ।
नेपाल सरकारको प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले सरकारले शासकीय सुधारको प्रयासलाई थप संस्थागत, परिस्कृत र परिणाममुखि बनाउँदै अघि बढाएको जिकिर समेत गरे ।
सरकारले सय दिनभित्रै भ्रष्टाचारमा शून्यसहनशीलता, मितव्ययिता, योग्यताको आधारमा नियुक्ति र डिजिटल सेवा प्रवाहमा ठोस परिणाम देखिने गरी काम गरेको मन्त्री पोखरेलको भनाइ छ ।
उनले भने, ‘सय दिनभित्रै भ्रष्टाचारमा शून्यसहनशीलता, मितव्ययिता, योग्यताको आधारमा नियुक्ति र डिजिटल सेवा प्रवाहमा ठोस परिणाम देखिने गरी काम अगाडि बढेको छ । शासकीय सुधारका प्रयासलाई थप संस्थागत, परिस्कृत र परिणाममुखि बनाउँदै लगिएको छ । र यसलाई अघि लगिने पनि छ । नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सुशासन कायम गर्न नेपाल सरकार निरन्तर प्रतिवद्ध रहेको छ भन्ने कुरा सबैलाई अवगत गराउन चाहन्छु ।’
मन्त्री पोखरेलले सरकारले डिजिटल सेवा प्रवाहमा पनि ठोस कदम चालेको बताए ।
प्रतिक्रिया 4