+
+
Shares

प्रधानमन्त्रीले भेटे निर्माण व्यवसायी, के भयो कुराकानी ?

प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण व्यवसायीहरुसँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्रबारे चिन्ता व्यक्त गरेको व्यवसायीले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १४:२३

२५ असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण व्यवसायीहरुसँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्रबारे चिन्ता व्यक्त गरेको व्यवसायीले जानकारी दिए ।

क्षणिक लाभभन्दा माथि उठेर दीर्घकालीन रुपमा निर्माण क्षेत्रलाई अगाडि कसरी लैजाने भन्नेबारे छलफल भएको एक व्यवसायीले बताए । प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरुसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका व्यावहारिक समस्याको समाधानका लागि सरकार सकारात्मक छ ।

प्रधानमन्त्री शाहले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न सबै पक्षको सक्रिय र प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताए । छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवम् सल्लाहकार जयराम लामिछाने सहभागी थिए ।

निर्माण क्षेत्रले भोग्दै आएको भुक्तानी समस्या, म्याद थप नभएको विषय, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए । साथै, निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए ।

आधा घण्टाको समय लिएर गएका व्यवसायीले १ घण्टासम्म प्रधानमन्त्रीसँग छलफल गरेका थिए । प्रधानमन्त्रीले व्यवसायीसँग समाधान खोजेको समेत आश्वासन दिएका थिए।

निर्माण क्षेत्र रुग्ण अवस्थामा रहेको भन्दै यसलाई सुधार गर्ने समेत बताएका छन् । भुक्तानीको समस्या समाधान गर्न मूल्य समायोजनमा प्रधानमन्त्री सकारात्मक देखिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?